२८ पुस, पर्वत । कालीगण्डकी नदी उत्खनन्को विषयमा परेको रिट उपर प्रारम्भिक सुनुवाई गर्दै सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । अदालतले २०७८ साल असार २९ गते अन्तरिम आदेश जारी गर्दै नदी उत्खनन् सम्बन्धि सम्पूर्ण कार्यहरु रोक्न आदेश दिएको छ । सर्वोच्च अदालतमा म्याग्दी, पर्वत, बागलुङ, स्याङजा, पाल्पा, तनहुँ जिल्ला भएर बग्ने कालीगण्डकी नदी प्रवाहित क्षेत्रमा विभिन्न स्थानीय त हहरुमा नदीजन्य पदार्थको अवैध चोरी निकासी भएको र नदी दोहन भएको भनी रिट परेको थियो । उक्त रिट उपरको छलफलमा अदालतले अन्तिम फैसला नआउँदासम्म नदीजन्य पदार्थ उत्खनन् सम्बन्धि कुनै पनि काम नगर्न आदेश दिएको छ ।
सर्वोच्चको आदेश बमोजीम विगत २ बर्ष देखि नदीजन्य पदार्थको उत्खनन्का लागि गाउँपालिकाहरुले ठेक्का आब्हान गर्न पाएका छैनन् । नदीजन्य पदार्थको विक्री वितरणबाट हुने आम्दानी रोकिएको भन्दै जलजला गाउँपालिकाले अन्तिम फैसलाको लागि मुद्धालाई प्राथमिकतामा राखेर मुद्धाको किनारा लगाउन अनुरोध गरेको छ ।
गाउँपालिकाले सर्वोच्च अदालतलाई पत्र लेख्दै नदी उत्खनन् नहुँदा गाउँपालिकामा आम्दानी रोकिएको र कालीगण्डकी करिडोर आयोजनाको निर्माण कार्य प्रभावित भएको कुरा उल्लेख गरिएको छ ।
प्रमुख प्रशासकीय अधिकृत कुशल सुवेदीद्धारा प्रेषित पत्रमा भनिएको छ–‘कालीगण्डकी करिडोर जस्तो राष्ट्रिय गौरबको आयोजना लगाएतका यस गाउँपालिका अन्तर्गतका निर्माणसंग सम्बन्धित कार्यहरु प्रभावित भएकाले उक्त रिट निवेदन लगाएत कालीगण्डकी नदीसंग सम्बन्धित मुद्धाहरुलाई उच्च प्राथमिकतामा राखी मुद्धाको टुंगो लगाइ पाउन तथा उक्त मुद्धाहरुको टुंगो नलाग्दासम्म राष्ट्रिय गौरबको कालिगण्डकी कोरिडोरका लागि मात्र कालीगण्डकी नदीबाट स्रोत प्रयोग गर्न अनुमती दिनुहुन गाउँ सभा तथा कार्यपालिका वैठकको विभिन्न मितिका निर्णयानुसार सादर अनुरोध छ ।’
कालीगण्डकी नदी नदीमा अवैध तरिकाले उत्खनन् हुने गरेका घटनाहरु घटेपछि सरोकारवालाहरुले यसको रोकथामका लागि सर्वोच्च अदालतमा रिट हालेका छन् । पालिकाले ठेक्का आब्हान गरे बाहेकको अवस्थामा पनि अवैध तरिकाले नदी उत्खनन् हुने गरेको छ । नदी उत्खनन्को विषय सर्वोच्च अदालतसम्म पुगेका कारण अदालतको अन्तिम फैसला नआएसम्म पालिकाहरु मार्फत हुने उत्खनन् कार्य रोकिए पनि अवैध तरिकाले ब्यवसायीहरुले भने बेला बेलामा नदीको उत्खनन् गर्ने गरेका छन् ।
पछिल्लो समय प्रशासन र प्रहरीको सक्रियताका कारण नदी उत्खनन् रोकिए पनि रातीको समयमा नदीका विभिन्न भागमा चोरी निकासी गरी उत्खनन् कार्य भने भईरहेको छ ।

यी समाचार पनि पढौं




