१७ कार्तिक, पर्वत । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको पातीचौर शाखाले मृतक सदस्य कौशिलादेवी रेग्मीको परिवारलाई ५ लाख ७२ हजार १० रुपैयाँ आर्थिक राहत प्रदान गरेको छ।
संस्थाले मोदी गाउँपालिका–५ निवासी रेग्मीको निधनपछि उहाँका श्रीमान् तारा बहादुर रेग्मीलाई कर्जा मिनाहा, दुर्घटना सुविधा, क्रियाखर्च तथा बचत रकम फिर्तासहित उक्त रकम प्रदान गरेको हो।
संस्थाका अनुसार मृतक सदस्यको बाँकी एक लाख ८ रुपैयाँ कर्जा मिनाहा गरिएको छ। साथै दुर्घटना सुविधाबापत ३ लाख रुपैयाँ, क्रियाखर्चबापत ३० हजार रुपैयाँ, संस्थामा जम्मा गरेको रकम १ लाख ९९ हजार ९ सय ९२ रुपैयाँ र बचत रकम ४२ हजार १८ रुपैयाँ फिर्ता गरिएको छ।
कार्तिक १६ गते मोदी गाउँपालिका–५ को वडा कार्यालयमा आयोजित कार्यक्रममा उक्त रकम चेकमार्फत श्रीमान् रेग्मीलाई हस्तान्तरण गरिएको हो।
कार्यक्रममा वडा अध्यक्ष मानबहादुर अधिकारी, संस्थाका अनुगमन प्रमुख सुगत पौडेल, शाखा प्रबन्धक कमल शर्मा लामिछाने तथा फिल्ड कर्मचारी अनिश पौडेललगायतको उपस्थिति थियो।
कार्यक्रममा संस्थाका प्रतिनिधिहरूले सदस्यको सुखदुःखमा साथ दिने उद्देश्यले जन्मदेखि मृत्युसम्म विभिन्न कल्याणकारी सुविधा प्रदान गर्दै आएको बताए। वडा अध्यक्ष अधिकारीले संस्थाको सेवा तथा सुविधा प्रशंसनीय रहेको उल्लेख गर्दै प्राप्त रकम मितव्ययी रूपमा सदुपयोग गर्न आग्रह गरे।




