Print

सातौं पर्वत महोत्सव : साहसिक खेलका पारखीलाई अवसर


२८ पुष, पर्वत । देश भर यति बेला महोत्सवहरु भईरहेका छन् । स्थानीय कला संस्कृतिको जगेर्ना गर्दै स्थानीय स्तरको पहिचानलाई स्थापीत गराउनका लागि यस्ता महोत्सवहरु अवसर हुन् । पर्वत जिल्लामा पर्वत उद्योग बाणिज्य संघले प्रत्येक ३ बर्षको अवधिमा १ पटक पर्वत महोत्सवको आयोजना गर्दै आइरहेको छ ।

गुप्तेश्वर महोत्सव नामबाट २०६१ सालमा शुरु भएको महोत्सव हालसम्म ६ वटा सम्पन्न भएका छन् यस अघिका महोत्सवको तुलनामा यस बर्षको महोत्सवले पर्वत जिल्लालाई स्वर्णीम अवसर सृजना गरेको छ । पर्वत जिल्ला साहसिक खेलप्रेमीहरुको लागि पहिचानयुक्त जिल्ला बन्दै गईरहेको बेलामा आयोजना गरिएको महोत्सवले देश भरका साहसिक खेल प्रेमीहरु पर्वत जिल्लामा आउने सन्दर्भ महोत्सवले जुटाउने भएको छ ।

साहसिक खेल प्रेमीहरुका लागि बञ्जी, जीपलाईन लगाएतका खेलका प्रकारहरुको रमाइलो लिनका लागि पर्वत देश भरकै उत्कृष्ट गन्तब्य भएको छ । पर्वत जिल्ला सानो जिल्ला भइकन पनि यहाँ प्रसस्त पर्यटकीय सम्भावनायुक्त स्थलहरु रहेका छन् । ति स्थानहरुमा पर्यटकहरु पुग्ने वातावरणको सृजना गर्नका लागि पनि महोत्सवहरु एउटा अवसर हुने गर्दछन् । महोत्सव आयोजना स्थलमा कति मानिस प्रवेश गरे भन्ने विषय भन्दा पनि जिल्ला भित्रको ब्यापारीक कारोबार कति बढ्यो भन्ने तर्फ अबको महोत्सवहरुको मूल्यांकन गर्नुपर्दछ ।

आगामी माघ ११ गते देखि शुरु हुने महोत्सव १० दिनसम्म चल्ने पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष गोपी अधिकारीको भनाई छ । महोत्सवलाई मनोरञ्जन स्थल मात्र नभई यहाँको संस्कृति र पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसारको गतिलो माध्यम बनाउन तर्फ सवै पक्ष लाग्नुपर्ने यहाँ आयोजीत एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । आयोजक संस्था पर्वत उद्योग बाणिज्य संघले आयोजना गरेको सर्वपक्षिय छलफलका सहभागीहरुले महोत्सवलाई आर्थिक कारोबारको माध्यम बनाउने गरी आन्तरीक पर्यटक प्रवद्र्धनमा ध्यान दिनुपर्ने बताएका हुन् ।

पर्वत महोत्सव सदरमुकाम कुश्मा बजारको बडागाउँ खेल मैदानमा आयोजना गरिएको छ ।