Print

पर्वतका ७ वटै स्थानीय तहमा निर्वाचन अधिकृत तोकिए (हेर्नुहोस विस्तृतमा)

२२ चैत्र, पर्वत । निर्वाचन आयोगले ७५ जिल्लाकै जिल्ला न्यायाधीशहरुलाई शुक्रबारदेखि लागू हुने गरी मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ। एकभन्दा बढी जिल्ला न्यायाधीश रहेको हकमा सबैभन्दा वरिष्ठ न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतमा नियुक्त गरिएको छ।

न्याय परिषद्को परामर्शमा मुख्य निर्वाचन अधिकृत र न्याय सेवा आयोगको परामर्शमा नेपाल न्याय, कानुन र सरकारी वकिल र प्रशासन समूहका ६६९ अधिकृतहरुलाई आयोगले जिम्मेवारी तोकेको हो । आयोगको सोमबार बसेको बैठकले निर्वाचन अधिकृत नियुक्त गरेको हो।

वैशाख ३१ गते हुन लागेको निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतले वैशाख ३ गतेसम्म र निर्वाचन अधिकृतहरुले वैशाख १२ गतेसम्म आफ्नो कार्यालय स्थापना गर्नुपर्नेछ।

अदालतमा मुद्दा परेपछि निर्वाचन अधिकृत छनोटमा केही दिन ढिला भएको थियो । आयोगले कानुन समूहबाहेक प्रशासनबाट निर्वाचन अधिकृत माग्ने पत्राचार गरेपछि कानुन र सरकारी वकिल समूहका कर्मचारी अदालत पुगेका थिए। उच्च अदालत पाटनले चैत १० गते स्थानीय तह निर्वाचन ऐनको दफा ७ अनुसार आयोगले काम अघि बढाउने विश्वासमा प्रक्रिया नरोक्ने आदेश गरेको थियो।

उच्च अदालतको आदेशपछि आयोगले पुनः कानुन समूहबाट निर्वाचन अधिकृत माग गरेको थियो। सोही निर्णय बमोजिम आयोगले निर्वाचन अधिकृत तोकेको हो। कानुन समूहबाट अपुग भएको स्थानमा प्रशासन समूहबाट पनि निर्वाचन अधिकृतमा नियुक्त गरिएको छ।

पर्वतमा जिल्ला न्यायधिस महोनराज भट्टराईलाई मुख्य निर्वाचन अधिकृत तोकिएको छ । उनले कुश्मा नगरपालिकाको समेत निर्वाचन अधिकृतको काम हेर्नेछन ।

यसैगरी फलेवास नगरपालिकामा सोहि नगरपालिकाका कार्यकारी अधिकृत मोतीप्रसाद सापकोटालाई खटाइएको छ । उता, मोदी गाउँपालिकामा भने कास्की जिल्ला अदालतका श्रेस्तदार कृष्णप्रसाद शर्मा नेपाललाई तोकिएको छ ।

यसैगरी जलजला गाउँपालिकामा सर्वच्च अदालतका उप रजिष्ट्रार विद्याराज पौडेललाई तोकिएको छ । विहादी गाउँपालिकामा कुश्मा नगरपालिकाका हिरामणी सुवेदी र महाशिला गाउँपालिकामा क्षेत्रीय प्रशासन कार्यालयका उप क्षेत्रीय प्रशासक कृष्णप्रसाद रेग्मीलाई तोकिएको छ ।

यसैगरी सर्वच्च अदालका इजलास अधिकृत यज्ञप्रसाद आचार्यलाई पैयू गाउँपालिकामा निर्वाचन अधिकृत तोकिएको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस