Print

अन्ततः जाेशी र गुरुङ फेरि दुई माेर्चामा

२२ असोज, पर्वत । नेपाली कांग्रेसमा लामो समय देखिका दुई टिम वीचको संघर्ष अहिले पाटी विभाजनका सम्मुखमा पुगेको छ । कांग्रेस पर्वतमा दुई लाइनको संघर्षका कारण सधै चर्चामा आउने कांग्रेसका केन्द्रिय सदस्य अर्जुन जोशी र पूर्व सभापति नवराज गुरुङ अन्ततः दुई पाटीमा सम्माहित हुने अवस्था आएको छ ।

जोशीले देउवा समूहको टिमलाई अदलबदल गरी विशेष महाधिवेशन पछि गगन समूहमा देखिए भने गुरुङ देउवा समूहमै छन् । जोशीले विशेष महाधिवेशनबाट आफूलाई पुनः केन्द्रिय सदस्य पदमा उभ्भाए भने गुरुङ देउवा समूहमै बसेर विशेष महाधिवेशनमा सहभागी भएनन । अहिले गगन नेतृत्वको कांग्रेसको नियमित महाधिवेशन चल्दैगर्दा गुरुङ भने देउवा समूहमै रहेर अर्को अधिवेशनमा जुटेका छन् ।

वडा, पालिका र क्षेत्रमा नियमित महाधिवेशन गरेर केन्द्रियमा जुटेको गगन समूहलाई काउन्टर गर्दै गुरुङ भने साविक अवस्थाकै नियमित महाधिवेशनको लागि वडा अधिवेशनहरुमा जुटेका छन् । यी सवै घटनाक्रमले पर्वत कांग्रेसमा पुनः धुव्रीकरण देखा परेको छ । यस अघि नेपाली कांग्रेस २०५९ असार ४ गतेका दिन औपचारिक विभाजनमा पुगेको थियो ।

तत्कालीन अवस्थामा शेरबहादुर देउवाले गरेको संसद विघटनलाई पाटीले अपनत्व लिन सकेन । फलस्वस्प पाटी सभापति गिरीजाप्रसाद कोइरालाले देउवलाई पाटीबाट निष्कासन गर्दै ३ बर्षका लागि पाटी सदस्यता समेत नरहने निर्णय सुनाएका थिए । सोहि निर्णय पछि देउवाले अलग समूह बनाएर कांग्रेस प्रजातान्त्रिक पाटीको स्थापना गरे । पाटीले ठूलो स्वरुपमा गति लिन नसकेपछि पर्वत जिल्लामा भने गुरुङले उक्त पाटीको नेतृत्व गरेका थिए ।

पछि पाटी एकता भएपछि गुरुङ पुनः एकिकृत पाटीको सभापति समेत भए । गुरुङले तत्कालीन अवस्थामा २०५९ सालमा नयाँ पाटीको नेतृत्व गर्दा जोशी भने संस्थापन पक्षमै रहेर पाटीको नेतृत्व गरीरहे । तत्कालीन अवस्थामा जोशीलाई कोइराला खेवामा मानियो । उनले संस्थापन लाइन छोडेनन । पाटीका विभिन्न कालखण्ड पछि भएका उतारचडाब पछि २०७२ सालमा रामचन्द्र पौडेललाई परास्त गर्दै देउवा पुनः कांग्रेसको सभापति भए । उक्त समय देखि भने जोशीले खेमा परिर्वतन गर्दै देउवा समूहमा लागे । यो इतिहाससम्म आइपुग्दा केन्द्रमा जोशी र गुरुङ दुवै देउवा समूहमा रहे ।

केन्द्रमा दुवै एउटै समूहमा रहेपनि जिल्लाको नेतृत्वको लागि भने दुई जना सधै दुई खेमामा नै देखिए । देउवाले इतिहास दोहोराउदै पुनः २०७८ सालको चौधौं महाधिवेशनमा पाटीको सभापति दोस्रोपटक सभापति भए । चौधौ महाधिवेशन पछि पन्ध्रौको तयारी हुँदै गर्दा देशमा जिनजि आन्दोलन भयो । आन्दोलन पछि देउवालाई विस्थापीत गर्न गगन थापाले विशेष महाधिवेशनको प्रस्ताव अघि सारे । यो प्रस्ताव पछि भने जोशीले गगन समूह राजेर महाधिवेशनमा सहभागी भए भने गुरुङ पुनः देउवा समूहमै रहे ।

विशेष महाधिवेशन पछि गगन पक्ष नियमित महाधिवशेनमा जुट्यो । देउवा समूह पुरानै अवस्थाको नियमित महाधिवशेनमा रह्यो । यो अवधिमा गुरुङले देउवाव समूहकै नेतृत्व गरी पुरानै अवस्थाको नियमित महाधिवेशनमा जुटेको छ भने जोशी समूह नयाँ अवस्थाको नियमित महाधिवेशनमा जुटेको छ । यति बेला काठमाण्डौंमा जारी महाधिवेशनमा जोशी केन्द्रिय सदस्य पदका उमेदवार समेत बनेका छन् ।