Print

तात्यो कांग्रेस, जिल्ला-जिल्लामा केन्द्रिय प्रतिनिधि खटायो, पर्वतमा परियार (७५जिल्लाको नामावली सहित)

२२ चैत्र, पर्वत । आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरी नेपाली कांग्रेसले जिल्ला जिल्लामा केन्द्रिय प्रतिनिधि खटाएको छ । ७५ वटै जिल्लामा खटाएका प्रतिनिधिहरुले उक्त जिल्लाको निर्वाचन कांग्रेसको पोल्टामा पार्नका लागि जिल्ला निर्वाचन परिचालन कमिटिलाई सहयोग गर्नेछन । पर्वत जिल्लाका लागि जीवन परियारलाई खटाइएको छ ।

यसैगरी पर्वतका अर्जुन जोशीलाई भने बागलुङमा तोकिएको छ । उता म्याग्दीमा सरिता प्रसाइ र मु्स्ताङमा वीरबहादुर बरायरलाई निर्वाचन परिचलनकोे जिम्मेवारी प्रदान गरिएको छ ।

नेपाली काँग्रेसको केहीदिन अघिको बैठकको निर्णयबाट ७५ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरिएको नेपाली काँग्रेसले जनाएको छ । सुरुमा फाल्गुन १५ गतेभित्र, त्यसपछि फाल्गुन मसान्त हुँदै अहिले चैत मसान्तसम्म प्रतिवेदन बुझाउन म्याद दिईएकोमा अहिलेसम्म झण्डै ४० जनाजतिले मात्रै प्रतिवेदन बुझाएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

जिल्ला भित्रका विभिन्न निर्वाचन क्षेत्रमा पर्ने पार्टी संरचना तथा भातृसंस्थाहरुले पूर्णता पाए कि पाएनन् रु सबै तहमा कार्यलय स्थापना भएको छ कि छैन रु कार्यालय स्थापना भएको छ भने पनि त्यहाँ कार्यक्रमहरु भएको छ कि छैन रु ती तहहरुमा आन्तरिक मतभेद छ कि छैन रु १३ औं महाधिवेशनमा पार्टीको मत भन्दा फरक मत र अवधारणा पत्र प्रस्तुत भएको छ कि छैन रु र पार्टीलाई पहिलो स्थानमा पुर्याउनको लागि के कस्तो कार्यक्रम बनाई लागू गर्न सकिन्छ रु भन्ने विषयमा प्रतिवेदन पेश गर्नु पर्ने जिम्मेवारी तोकिएको छ ।

पार्टीले तोकेको केन्द्रीय प्रतिनिधिहरुको नामावली तल प्रस्तुत गरिएको छ ।

 

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस