२० चैत्र, पर्वत । माओवादी आन्दोलनको बेला शाहदत हरिदत्त तिवारीको नाउँमा स्थापना गरिएको शहिद हरिदत्त तिवारी प्रसतष्ठान नेपालले अक्षय कोष वितरण गरेको छ ।
पर्वत जिल्लाको फलेवास नगरपालिका शंकरपोखरीका तिवारीको नेपाली कांग्रेसको सक्रिय राजनीतिमा लागिरहँदा शसस्त्र आन्दोलनको समयमा माओवादीको आक्रमणबाट मृत्यु भएका थिए । तिवारीको स्मृतिमा स्थापना गरिको उक्त अक्षय कोष शंकरपोखरीमा आयोजीत एक कार्यक्रमका वीच वितरण गरिएको हो । प्रतिष्ठानले शंकरपोखरीमा सञ्चालित ४ वटा सामुदायिक विद्यालय र त्रिभुवन बहुमुखी क्याम्पसमा १/१ लाखको अक्षकोष स्थापना गरेको छ ।
अक्षयकोष वितरण कार्यक्रममा नेपाली काँग्रेस पर्वतका महासमिति सदस्य गंगाधर तिवारी, नेपाल शिक्षक संघ पर्वत क्षेत्र नम्वर १ का क्षेत्रिय अध्यक्ष धनवहादुर थापा, भूपू सैनिक संघ का अध्यक्ष सुक्दर खड्कावहादुर कार्की, त्रिभुवन मा.वि स्रोत केन्द्रका स्रोत व्यक्ति ढकप्रसाद तिवारी, नेपाली काँग्रेस वडा नम्वर ५ शंकरपोखरीका उपसभापति प्रेमप्रसाद शर्मा, शंकरपोखरी गाविसका पूर्व उपाध्यक्ष डिलवहादुर थापा, हरिदत्त प्रतिष्ठान नेपालका सदस्य गिरिजाप्रसाद तिवारी लागयतले बोल्नुभएको थियो ।
नेपाली काँग्रेस फलेवास नगरपालिका ३ शंकरपोखरीका वडा सभापति अर्जुनवहादुर कार्कीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य नेपाली काँग्रेस शंकरपोखरीका सदस्य सचिव निर्मला रेग्मी, र कार्यक्रमको सञ्चालन सचिव शिवप्रसाद तिवारीले गर्नुभएको थियो । उक्त कार्यक्रममा नेपाली काँग्रेस शंकरपोखरी वडाका ३ सय जना कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।




प्रतिकृया दिनुहोस्