Print

विप्लब नेतृत्वको पार्टीले फलेवास नगरपालिकामा ताला लगायो, जिल्ला सेक्रेटरी यस्तो भन्छन..

२० चैत्र, पर्वत । स्थानीय निर्वाचन नजिकिदै जाँदा चुनाव विपरितका गतिविधिहरु पनि बढ्न थालेका छन । स्थानीय निर्वाचनको औचित्य नरहेको भन्दै आन्दोदरत विप्लबले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीले शनिवार पर्वतको फलेवास नगरपालिकाको कार्यालयमा ताला बन्दी गरेको छ ।

कथित स्थानीय चुनाव खारेज गरौ भन्ने पोष्टर भित्तामा टाँस गर्दै उक्त पार्टीले चुनाव भाड्नका लागि कार्यालयमा तालाबन्दी गरेको हो ।

नेपालमा संघियता आवश्यक नभएको र वर्तमान सरकारले घोषणा गरेको चुनाव समेत अमान्य भएको भन्दै सांकेतिक रुपमा आफूहरुले तालाबन्दी गरेको नेपाल कम्युनिष्ट पार्टी पर्वतका सेक्रेटरी हिमाल पुनले जानकारी दिए ।

उनले राज्यले एकतर्फी रुपमा संविधान घोषणा गरी जनताको चाहना र इच्छा विपरीतका गतिविधिहरु सञ्चालन गरेको भन्दै त्यसको प्रतिकार स्वरुप आफूहरुले स्थानीय निर्वाचन नचाहेको पर्वत न्यूजलाई बताए ।

लादीएको संघियता र पुर्नसंरचनाको विरोध स्वरुप आफूहरुले गरेको तालाबन्दीलाई कम आकलन नगर्न समेत उनले चेतावनी दिए ।

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस