Print

विहादीमा मसालको लालकिल्ला तोडिदै, दजनौ युवा नेपाली कांग्रेसमा प्रवेश

२० चैत्र, पर्वत । जिल्लाको विहादी गाउँपालिकामा दजनौ युवा नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । स्थानीय तहको चुनाव नजिकिँदै जाँदा विहादी गाउँपालिकाको वडा नं. २ बर्राचौरमा दजनौ युवा कांग्रेसमा प्रवेश गरेका हुन् ।

अन्य पार्टी परित्याग गरि कांग्रेसमा प्रवेश गरेकाहरुलाई नेपाल तरुण दल पर्वतका अध्यक्ष तोरण मल्ल ठकुरी (राज) ले नेपाल तारा माविमा एक कार्यक्रमका बिच खादा तथा अबिर लगाएर स्वागत गरेका थिए । कार्यक्रममा बोल्दै ठकुरीले सबै क्षेत्रका जनतालाई मिलाएर देशको निकास र विकास कांग्रेसले मात्र गर्न सक्ने बताउँदै नेपाली कांग्रेस हरेकपल जनताको साथमा रहेको बताए ।

उक्त कार्यक्रमको सञ्चालन नेपाली कांग्रेस वडा नं. ३ रानीपानीका सचिव जयलाल पौडेलले गरेका थिए ।

त्यस्तै, विहादी गाउँपालिका वडा नं. ३ रानीपानीमा शनिबार बसेको नेपाली कांग्रेस वडा समितिले गाउँपालिका प्रमुखका रुपमा तीन जनलाई सिफारिस गरेको छ । वडा सभापति ओमप्रसाद पराजुलीको संयोजकत्वमा बसेको बैठकले गाउँपालिका प्रमुखका रुपमा हरि न्यौपाने, तिलक कुँवर र लालबहादुर कुँवरको नाम सिफारिस गरेको हो ।

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस