Print

पर्वतमा कांग्रेसको किल्ला तोडिदै, चुवाका दजनौं कांग्रेस कार्यकर्ता एमालेमा प्रबेश

१९ चैत्र, पर्वत । कुश्मा नगरपालिका ८ चुबाको वडा नागरिक मञ्चका पुर्ब संयोजक तथा चुवाका सचिब राजु प्रसाद सुबेदी एमालेमा प्रबेश गरेका छन् । शनिबार लालेश्वर गुफा अबलोकन तथा कुश्मा नगरपालिका ८ चुवाको कार्यक्रता भेटघाट कार्यक्रममा एमालेमा प्रबेशको लहर चलेको हो ।

स्थानिय निर्वाचनको पूर्व सन्ध्यामा कुश्मा नगरपालिका वडा नं. ८ चुवामा १५ जना नेपाली कांग्रेस र माओवादी केन्द्र लगायतको पार्टी परित्याग गरी एमालेमा प्रबेश गरेका हुन् । उनीहरुलाई एमालेका युबा नेता एवं पर्वत क्षेत्र नं. २ का सांसद विकास लम्सालले टिका, फुलमाला र खादा ओढाएर एमालेमा स्वागत गर्नुभयो ।
कांग्रेसको नारा र कार्यशैली फरक भएकाले आफूहरुले कांग्रेसमा विताएको समय पश्ताचाप बाहेक केही नभएकोले आफू एमालेमा आएको सुबेदिले बताउनुभयो । उहाले एमालेका कार्यक्रम जनपक्षीय र विचार सही भएकाले एमालेमा प्रबेश गरेको बताउनुभयो ।

कार्यक्रममा डम्बर गिरी, गणेश पोख्ररेल,लोकबहादुर परियार,सृजना केसि,बिशालबहादुर परियार,रबिन सेन्चुरी,राहुल परियार,भगबान पोख्ररेल,होमनाथ गिरी,कृष्ण परियार,रामकुमारी पोख्ररेल, डिलकुमारी पोख्ररेल गंगा केसि लगायत कांग्रेस र एमाओबादि परित्याग गरि एमालेमा प्रबेश गरेका छन्।
एमालेमा प्रबेश गरेकाहरु लाई स्वागत गर्दै सांसद लम्सालले देशैभरी एमालेमा प्रबेस गर्नको लहर देखेर अबको चुनाबमा एमाले पहिलो पार्टी बन्ने दाबी गर्नुभयो । नेकपा एमालेको जित विना देशले निकास पाउन नसक्ने भन्दै जनताको बहुदलीय जनवादमा बिश्वास राख्ने सबैलाई एमालेमा स्वागत गर्ने बताउनु भयो ।

देश पहिले कि सरकार भन्ने बेला एमालेले जहिले पनि देश पहिले भन्ने पक्षमा रहनुको परिणाम राजु जस्ता युवाहरुको पार्टी प्रवेशको लहरबाट प्रष्ट हुने बताउँदै देश रोएको बेला वा समस्यामा परेका बेला एमाले र एमालेमा आस्था राख्ने देशप्रेमी युवाहरुको साथ र सहयोग चाहिने भएकाले एमालेले उनीहरुको संरक्षण गरिरहने बताउनुभयो ।

कार्यक्रममा बोल्दै नेकपा एमाले पर्बतका अध्यक्ष पदम गिरी तथा उपसचिब गोबिन्द पहाडिले नव प्रवेशीलाई पार्टीमा स्वागत गर्दै देश र जनताको विकासको स्पष्ट खाका र योजना एमालेसंग मात्र रहेको र यो कुरा केपी ओलीको नेतृत्वको सरकारले प्रमाणित गरेको बताउनुभयो । एमालेले गरेका राम्रा कामहरुलाइ देखेर रिस र डाहा गर्ने अरु पार्टीको पछाडि नलाग्न समेत आग्रह गर्नुभयो ।

स्थानिय समुदायको विकासका लागि आगामी स्थानिय तहको निर्वाचनमा एमालेलाई अत्याधिक मतका साथ विजय गराउन उहाहरुको आग्रह थियो । कार्यक्रममा अनेमसंघ जिल्ला सदस्य शोभा पौडेल जिसि, युबासंघ चुबा बडा कमिटि अध्यक्ष धनन्जय पौडेल लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो । बडा कमिटि अध्यक्ष खिमलाल पोख्ररेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला कमिटि सदस्य मुगा पोख्ररेलको स्बागत तथा बडा कमिटि सदस्य संजय जैसिको सञ्चालन रहेको थियो । – सुवास लामिछाने

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस