१९ चैत्र, पर्वत । आगामी बैशाख ३१ को लागि तोकिएको स्थानीय तह निर्वाचनको लागि म्यादी प्रहरीको लागी आबेदन खुल्ला गरेसँंगै पर्वतमा १ हजार १ सय ५० जनाले आवेदन दिएका छन् ।
आवेदन दिनका लागि तोकिएको अन्तिम दिन बिहीवार साँझ सम्म १ हजार १ सय ५० जनाले आवेदन दिएका हुन । आवेदन दिने मध्ये ९९ जना महिला रहेका छन् भने बाँकी सवै पुरुष रहेका छन् । जिल्ला प्रहरी कार्यालय पर्बतमा फारम भर्नेहरुको घुईचो बिहीवार साँझ सम्म लागेको थियो । झण्डै डेढ महिनाको जागीर खानका लागि गाउँ गाउँदेखि युवा युवतीहरु आवेदन दिनका लागि आएका थिए ।
१८ वर्ष देखि ५४ वर्ष उमेरका समुहका व्यक्तिहरुले भर्ना प्रक्रियामा भाग लिन पाउने भए पछि दरखास्तका लागि गाउँगाउँबाट उमेर पुगेका व्याक्तिहरुको भिड लागेको थियो ।
कक्षा ११ वा १२ मा अध्ययन गर्ने युवाहरुको वढी भीड लागेको थियो । प्रहरी नायब उपरिक्षक शेखर खनालका अनुसार आवेदकहरुका लागि आज सम्पर्क मिति र भोली स्वास्थ्य जाँच तथा पर्सि लिखित परिक्षा लिइने भएको छ । उहाँका अनुसार दरखास्त दिने व्यक्ति फौजदारी अभियोगमा कसुरदार नठहरिएको, कुनै राजनैतिक दलको सदस्यता नलिएको हुनुपर्ने छ भने साधारण लेखपढ गर्न सक्ने योग्यता भएकाले आवेदन दिएको बताउनुभयो ।
यसरी छनोटमा परेका म्यादि प्रहरीले प्रहरी जवान सरह तलब, भत्ता, रासन र पोसाकको सुविधा पाउनेछन् ।





प्रतिकृया दिनुहोस्