१९ चैत्र, पर्वत । जिल्लाको पर्यटकीय गाउँ लेस्पारबासीहरुले पर्यटकीय स्थल हम्पालको जलजला हुँदै मोहरेडाँडा पुग्ने १ हजार १ सय मिटरको पर्यटकीय पदमार्ग जनश्रमदानमा निर्माण गरेका छन् ।
लेस्पार हुँदै मोहरेडाँडा सम्म पुग्नका लागि पर्यटकहरुलाई सहज होस् भन्ने उद्देश्यले गाउँले आफैले १ लाख रकम बराबरको जनश्रमदानमा पदमार्ग मर्मत तथा निर्माण गरेका हुन् ।
मोदी गाउँपालिका ४ क्याङ लेस्पारको खर्सुवास र रेशपातल सामुदायिक वन समुहमा आबद्ध उपभोक्ताहरुले ३५ बर्षदेखि पर्यटकहरुलाई आवातजावत गर्न असहज हुँदै आएको पदमार्गको पूर्ण रुपमा मर्मत कार्य गरेर सहज बनाइएको स्थानीयबासी नरसिं पुनले जानकारी दिए ।
उक्त पदमार्ग निर्माण भएपछि पर्वतको सवैभन्दा ३ हजार ३ सय मिटर उचाईमा रहेको हम्पाललेक देखि ३हजार ३ सय मिटर उचाईमा रहेको मोहरेडाँडामा पुग्न सहज हुने भएको छ । विगतका समयमा लेस्पारबाट मोहरेडाँडा पुग्न ६ घण्टा लाग्ने पदमार्ग मर्मतपछि छोटिएर ४ घण्टामा नै पुग्न सकिने भएको छ ।





प्रतिकृया दिनुहोस्