Print

शालिजामा ४७ लाखको लागतमा खानेपानी योजना सम्पन्न

१९ चैत्र, पर्वत । जंगलको छेउछाउमा रहेको एउटा मगरसमुदायको बस्ती । जहाँ न स्वच्छ खानेपानीको उचित प्रबन्ध न त अन्य सुविधा नै ।

जिल्लाबाट गाउँसम्म पुगेका विभिन्न संघ संस्थाहरुपनि ठाउँ टाढा र दुर्गम भएका कारण त्यहाँ नपुगिकनै फर्किएको तितो यथार्थ पातलखर्कबासीहरुमा अझैसम्म ताजै छ । तर अब भने यी सवै समस्याबाट मुक्ति पाएका छन् पातलखर्कबासीले ।

जलजला गाउँपालिका ६ शालिजाको पातलखर्कबासीहरुमा अहिले खुशीको सिमा छैन । त्यहाँका ८१ घरधुरीमा घरघरै स्वच्छ सुरक्षित खानेपानी जडित धाराहरु निर्माण भएपछि अहिले पातलखर्कबासीहरुमा खुशी छाएको छ । खानेपानीको उचित प्रबन्ध नहुञ्जेल सम्म जंगलको जरुवा र कुवाको पानी खान बाध्य पातलखर्कबासीहरुले झण्डै ४७ लाखको लागतमा बृहत खानेपानी आयोजना सम्पन्न गरी सञ्चालनमा ल्याएका छन् ।

जिल्ला समन्वय समिति पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाई परियोजनाको सहयोगमा झण्डै १८ लाखको जनश्रमदान गरेर उनीहरुले सुरक्षित खानेपानी घरघरमा पु¥याएका हुन् । गत बैशाखदेखि निर्माणकार्य शुरु भएको पातलखर्क खानेपानी आयोजना सम्पन्न भएपछि अहिले त्यहाँका ४ सय १३ जना स्थानीयबासीहरु लाभान्वित भएका छन् । उक्त योजनाबाट एउटा विद्यालय पनि सुरक्षा सहितको खानेपानी योजनावाट लाभान्वित भएको छ ।

‘योजना शुरु गर्ने क्रममा योजना कसरी सम्पन्न गर्ने भन्ने चिन्ता थियो’ स्थानीय उपभोक्ता राजकुमारी खोर्जाले भनिन् ‘एउटै घरबाट ५० दिन सम्म जनश्रमदान गरेरै भएपनि योजना सम्पन्न ग¥र्यौ, अहिले ढुक्क भएको छ ।’ यस अघि गाउँको एकदुई स्थानमा गोर्खा वेलफर सोसाइटीको सहयोगमा धारा निर्माण भएपनि सुरक्षित खानेपानी उपभोगबाट सिंगो गाउँ नै बञ्चितिमा परेको थियो ।

पानीको बहु उपयोगलाइ सम्बोधन गर्ने किसिमले निर्माण गरिएको उक्त योजनावाट पातालखर्कका किसानहरुले तरकारी खेतीको लागि समेत प्रयाप्त पानी उपभोग गर्न सक्ने परियोजनाका फिल्ड संयोजक अनिता पौडेलले बताइन् ।

पशुपालन र तरकारी खेतीमा निर्भर रहेका पातलखर्कबासीले धारावाट खेर जाने पानीलाई संकलन गरि पशु वस्तु लाइ खुवाउने ४ वटा एनिमल ट्रफ समेत नमुनाको रुपमा निर्माण गरेको परियोजनाका सल्लाहकार प्रसन्न पाण्डेयले जानकारी दिए ।

उक्त योजनाको हालै एक समारोहका वीच परियोजनाकी नेसनल फिल्ड स्पेसलिस्ट आउरा लिस्कीले उद्घाटन गरेकी हुन् । उनले सम्पन्न खानेपानी आयोजनालाई दिर्घकालिन रुपमा स्थायित्व राख्न सवैले संरक्षणमा चासो देखाउनुपर्ने सुझाव दिइन् ।

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस