Print

स्थानीय निर्वाचन : विहादीमा जनमोर्चाको भेला, ठुलिपोखरीमा कांग्रेसको

१९ चैत्र, पर्वत । राष्ट्रिय जनमोर्चा पर्वतको विहादी गाउँपालिका स्तरिय भेला सम्पन्न भएको छ । भेलाले पदमबहादुर नेपालीको अध्यक्षतामा १ सदस्य पछि थप गर्नेगरी १७ सदस्यीय वार्ड समिति गठन गरेको छ ।

कमिटिको बरिष्ठ उपाध्यक्षमा धनबहादुर क्षेत्री, उपाध्यक्षमा दुर्गाबहादुर नेपाली, सचिबमा दिवाकर पराजुली र सहसचिबमा सुकमाया हिताङ तथा कोषाध्यक्षमा सुन्दरी पुरी रहनुभएको छ । त्यस्तै सदस्यहरुमा मिना गिरी, पुनार पौडेल, रमा पुरी, विष्णुकुमारी कुँवर, धनबहादुर नेपाली, झुपा नेपाली, रुपी दर्जि, लिला नेपाली, चुणमणी पराजुली र फटिकबहादुर कुँवर रहेका छन् । भेलामा राष्ट्रिय जनमोर्चा पर्वतका उपाध्यक्ष भोजराज उप्रेतीले बोलेका थिए । गोविन्द पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन चुणामणी पराजुलीले गरेका थिए,  भने स्वागत होमनाथ पराजुलीले गरेका थिए ।

यसै वीच आगामी बैशाख ३१ गते हुने स्थानिय तहको निर्बाचनलाई मध्य नजर गरी नेपाली काँग्रेस कुश्मा नगरपालिका १२ ठुलीपोखरीको आयोजनामा चुनाव तयारी बिषयक बैठक सम्पन्न भएको छ ।

बैठकले चैत्र २६ गते स्थानिय निकायको चुनावमा वढाध्यक्षे चयन गर्ने निर्णय गरेको छ ।सवै माझ नेपाली काँग्रसलाई पु¥याउने र ठुलिपोखरी वढामा काँग्रसलाई बिजय गराउने निर्णय समेत गरेको छ । उक्त बैठकमा नेपाली काँग्रेस कुश्मा नगरपालिका १२ का सक्रिय सदस्यहरु हेमराज सापकोटा,देवी प्रसाद पौडेल र झलक पौडेलले चुनाव प्रचारप्रसार समिती गठन गरेर सबै एकजुट भई आगाडी बढन आग्रह गरेका थिए ।

नेपाली काँग्रेस कुश्मा नगरपालिका १२ ठुलीपोखरीका अध्यक्ष कुमार पौडेलको सभापतित्वमा सम्पन्न भएको बैठकको संचालन सचिव ज्योतिन्द्र पौडेलले र्गनुभएको थियो ।

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस