Print

स्वास्थ्य, शिक्षा र सरसफाईमा सोडेकले पर्वतमा १ करोड ७८ लाख खर्च गर्दै

१९ चैत्र, पर्वत । सोडेक नेपाल पर्बत र नबचेतना सामुदायिक बिकास केन्द्र को आयोजनामा आगामि बर्षमा सञ्चालन गरिने परियोजना कार्यक्रम सार्वजनिकीकरण गरिएको छ । हाल नेपालभर ५ जिल्लालाई कार्यक्षेत्र बनाएर काम गर्देै आएको समाज कल्याण श्रोत बिकास केन्द्र सोडेक नेपालले कुल १ करोड ७८ लाख ४१ हजार ८ सय ८४ रुपैयाको बजेटका कार्यक्रम सार्बजनिक गरेको हो ।

जसअन्र्तगत बिभिन्न बिद्या शिक्षा, स्बास्थ, सिंचाई, खानेपानि बालबालिकाको क्षेत्र लगायतका क्षेत्रमा बजेट केन्द्रित रहेको संस्थाले जनाएको छ । कार्यक्रममा संस्थाले बिगतमा गरेका कार्यक्रम र आगागि बर्ष गरिने कार्यक्रमको बारेमा जानकारी गराएको हो । बिगतका बर्षहरुमा स्बाबलम्बन प्रबद्र्धन, ताजा तरकारी उत्पादन, केहि गाबिस घरभित्रको बायु प्रदुषणमुतm गाबिस घोषित, बिभिन्न सरसफाईका कार्यक्रम सञ्चालन लगायतका कार्यक्रमहरु गर्देै आएको सोडेक नेपालका कार्यक्रम ब्यवस्थापक देबिप्रसाद तिमील्सीनाले जानकारी दिनुभयो ।

उहाले आगामि बर्ष सोडेकको कार्यक्षेत्र रहेका बिभिन्न बिद्यालयमा सुधारका कार्यक्रहरु लागु गर्ने, स्बरोजगार मुलक कार्यक्रम, पशु तथा कृषि सम्बन्धी सुधार तथा बिभिन्न तालिमको आयोजना गरिने जानकारी दिनुभयो । कार्यक्रममा नबचेतना सामुदायिक बिकास केन्द्रले पनि आगामि बर्षमा गरिने बिभिन्न कार्यक्रमको बारेमा जानकारी गराएको थियो ।

संस्थाले स्बास्थ, शिक्षा लगायतका क्षेत्रहरुमा रहेर कार्यक्रम गरिने नबचेतना सामुदायिक बिकास केन्द्रका अनुगमन अधिकृत सुदिप लामिछानेले जानकारी दिनुभयो ।

गुर्ड नेर्वस ईटरनेश्नलनको सहयोगमा सञ्चालित कार्यक्रम स्थानिय बिकास अधिकारी बिष्णु प्रसाद भुषालको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा सम्बन्धीत कार्यलयका प्रमुख तथा प्रतिनीधि पत्रकार लगायतको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन सोडेक नेपालका शिक्षा बिकास अधिकृत ऋषिराम भुषालले गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस