१८ चैत्र, पर्वत । स्थानीय निर्वाचन नजिकिएसंगै वडाहरुको नेतृत्वका आकाक्षीहरु संख्या पनि बढ्न थालेको छ । वडा तहको अध्यक्षले स्थानीय तहमा मन्त्रीले जस्तै गरी कार्य गर्नपाउने र अधिकार सम्पन्न हुने भएका कारण पनि वडा अध्यक्ष पदमा पार्टीहरु भित्र आकाक्षीको संख्या ह्वातै बढेको देखिन्छ ।
विशेषगरी नेपाली कांग्रेस र नेकपा एमालेमा आकाक्षीहरुको संख्या बढेको देखिन्छ । ४ सदस्यीय सहित ५ जनाको वडा कमिटि हुने गरी संविधानले ब्यवस्था गरेको छ । गाउँपालिका र नगरपालिकाको प्रत्यक्ष सम्पर्कबाट स्थानीय स्तरका सवै खालका कार्यहरु गर्न पाउने गरी स्थानीय तहका वडालाई संविधानले अधिकार प्रत्यायोजन गरेका कारण वडा अध्यक्षहरुका आकाक्षीहरु पनि बढिरहेका छन । उता, स्थानीय निर्वाचन झण्डै दुई दशक पछि भएका कारण पनि नेतृत्व गर्न चाहनेको संख्या धेरै देखिन्छ ।
जिल्लाका अरु स्थानीय तहमा जस्तै कुश्मा नगरपालिका भित्र पनि आकाक्षीहरुको संख्या धेरै देखिन्छ ।
कुनपाको वडा न १ पाङमा एमालेको तर्फबाट रामप्रसाद रिजाल, छबिलला पौडेल र खुर्कोटबाट शेषराज रेग्मी, मिनबहादुर रेग्मी, महेश्वर शर्मा र रुद्रप्रसादसुवेदीले आकाक्षा ब्यक्त गरेका छन ।
उता, कुनपा ६ मा रुद्र गिरी, प्रेम गुरुङ, दिपुबाबु गिरी, नारायण कुवंर लगाएतको एमालेबाट आकाक्षा देखिन्छ ।
वडा न ७ मा भने सुवास पौडेललाई एमालेले अगाडि बढाउने सम्भावना बढि छ ।
उता, वडा न १० मा भने एमालेबाट रामचन्द्र सुवेदी, कृष्ण लामिछाने, अमर विक र देवेन्द्र विकले वडा अध्यक्षको आकाक्षा राखेका छन । नेपाली कांग्रेसबाट भने नरबहादुर केसी र प्रकाश पौडेल आकाक्षी हुन । माओवादीबाट भने गोपी पुरी र देविप्रसाद अधिकारी वडा अध्यक्षका आकाक्षी हुन ।
त्यसैगरी नगरपालिकाको वडा न ९ मा एमालको तर्फबाट गणेश अधिकारी, प्रेम नारायण अधिकारी, बासुदेव लामिछाने र हरीशचन्द्र पौडेलले आकाक्षा ब्यक्त गरेका छन । कांग्रेसबाट भने कमल पौडेल, कृष्ण लामिछाने र पिताम्बर अधिकारी आकाक्षी हुन । माओवादीबाट भने सुरेश पिसी र राम पराजुली आकाक्षी हुन ।
कुनपा ११ मा भने एमालेका खुमप्रसाद सुवेदी, शिव पौडेल, सोमनाथ चापागाई र ढाकाराम सुवेदी आकाक्षीको रुपमा अगाडि देखिएका छन भने, कांग्रेसको तर्फबाट दया सुवेदी, टेकप्रसाद सुवेदी, रुद्र रिमाल र हर्क बहादुर मल्ल आकाक्षी हुन । माओवादीबाट तर्फबाट भने भीम नेपाली र डम्मर विकको आकाा देखिन्छ ।
उता कुनपा १२ ठुलिपोखरीमा भने गणेश पौडेल, राजेन्द्र पौडेल, किशोर सापकोटा, राजेश्वर सुवेदी र युवनाथ पौडेलले वडा अध्यक्षमा आकाक्षा ब्यक्त गरेका छन । उक्त वडामा कांग्रेसको तर्फबाट कुमार सुवेदी, हरीप्रसाद लामिछाने र हेम शर्मा पौडेल आकाक्षी हुन । माओवादीले भने भीमनाथ कुवंरललाई अगाडि बढाउने सम्भावना छ ।
यसैगरी कुनपा १३ खौलामा भने एमालेको तर्फबाट जंगबहादुर क्षेत्री, ओमप्रकाश सुवेदी लगाएतले आकाक्षा देखाएका छन ।
कुनपा १४ आर्थरमा एमालेको तर्फबाट होमनाथ रिमाल, भिम गुरुङ, चन्द्रसूर्य गुरुङ र राम गुरुङ आकाक्षी हुन । कांग्रेसको तर्फबाट भने रुद्र रिमालको आकाक्षा देखिन्छ ।
यसैगरी जलजला गाउँपालिकामा कांग्रेसको तर्फबाट भने माझफाँटबाट भिष्म मल्ल, बासखर्कमा चन्द्रबहादुर पुर्जा, धाइरिङमा राजु आचाय, निलकष्ठ आचार्य र इन्द्रप्रसाद आचार्यको आकाक्षा देखिन्छ ।
यसैगरी कांग्रेसको तर्फबाट बनौमा हुमबहादुर पुर्जा र नाङलीवाङमा हरी विकास जिसी, तुलबहादुर घर्ति क्षेत्री आकाक्षी हुन ।
एमालेको तर्फबाट धाइरिङमा शिव आचार्यले आफ्नो उमेदवारी एमालेको तर्फबाट सार्वजनिक गरेका छन । यसैरी नाङलीवाङमा माओवादीको तर्फबाट सोम जिसीले उमेदवारी सार्वजनिक गरेका छन ।
मोदी गाउँपालिकाको चित्रेमा एमालेको तर्फबाट भने रत्न लम्साल, भविलाल शर्मा, कृष्ण गुरुङ र सुकबहादुर गुरुङले आकाक्षा ब्यक्त गरेका छन । उता कांग्रेसको तर्फबाट भीमप्रसाद लम्साल, बाटुली पौडेल, याम कुमारी ढुंगाना, महेन्द्र गुरुङ र तिलक पौडल आकाक्षीको रुपमा देखिएका छन । माओवादीको तर्फबाट भने तारा गुरुङ र धनबहादुर ढुंगाना आकाक्षी हुन ।
पर्वत न्यूज डटकममा लागि वडा अध्यक्षका आकाक्षीहरुले नामावली आउने क्रम शुरु भएको छ । साविकका गाविस अध्यक्ष पदको भन्दा बढि अधिकार सम्पन्न भएका कारण पनि वडा अध्यक्ष निकै शक्तिशाली पद मानिएको छ । वडा राज्य चलाउनका लागि सक्षम र क्षमतावान नेतृत्व हुनुपर्ने चौतर्फी माग भईरहेको बेला पार्टीहरुले पनि सोहि बमोजीमका उमेदवारहरुलाई चुनावमा उमेदवारी दिने गरी निर्णय गर्न सकेको खण्डमा त्यसले वडाको विकासमा सहजता ल्याउन सक्नेछ ।





प्रतिकृया दिनुहोस्