१८ चैत्र, पर्वत । बैशाख ३१ गते हुन गईरहेको स्थानिय तहको निर्बाचनको लागि पर्बतबाट ८ सय २७ जना मतदाता बिभिन्न किसिमका अपाङ्गहरु रेहका छन् । कुल मतदाता ९९ हजार ६ सय ७० मध्ये ८ सय २७ जना बिभिन्न किसीमका अपाङ्गहरु रेहका हुन ।
यस पटकको निर्बाचनमा मतदान गर्नको लागि पर्बतमा २०४ जना दुबै कान नसुन्ने १ सय ८ जना आँखा नदेख्ने १४ जना बोल्न नसक्ने १ सय ८ जना दुबै हात नभएको १ सय २७ जना हिड्डुल गर्न नसक्ने र ८५ जना अन्य गरी कुल ८ सय २७ जना अपाङ्गहरु यसपटकको स्थानिय तहको निर्बाचनको लागि मतदान गर्न लागेका हुन ।
त्यस्तै जिल्ला निर्बाचन कार्यलयका अनुसार कुल मतदाता ९९ हजार ६ सय ७० मध्ये महिला मतदाताहरुको सख्या बढी रहेको छ । स्थानिय तहको निर्बाचनको लागि पर्बतबाट ५२ हजार १ सय ६० महिलाहरुले मतदान गर्न पाउने भएका छन् । जसमध्ये ४७ हजार ५ सय १० जना पुरुष रहेका छन् । दुई नगरपालिका र ५ गाउँपालिका रहेको जिल्लामा कुश्मा नगरपालिकामा सबैभन्दा बढी मतदाता सख्या रहेको कार्यलयले जनाएको छ । कार्यलयले दिएको जानकारी अनुसार कुश्मा नगरपालिकामा २५ हजार २ सय ४५ मतदाता र फलेबास नगरपालिकामा १९ हजार २ सय २४ मतदाता रहेको जिल्ला निर्वाचन अधिकृत लक्षु शर्माले जानकारी दिनुभयो ।
त्यस्तै सबैभन्दा बढी मतदाता सख्या रहेको गाउँपालिकामा मोदि गाउँपालिका तथा कम मतदाता सख्या रहेको गाउँपालिकामा महाशिला गाउँपालिका रहेको छ । मोदि गाउँपालिकाबाट महिला तथा पुरुष गरि १५ हजार ७ सय जनाले मतदान गर्न पाउने भएका छन् । त्यस्तै जलजला गाउँपालिकाबाट १३ हजार एक सय १६, पैयु गाउँपालिकाबाट ९ हजार ८ सय ६६, बिहादि गाउँपालिका बाट ९ हजार २ सय ५४ र सबैभन्दा कम मतदाता रहेको महाशिला गाउँपालिका बाट ७ हजार २ सय जनाले मतदान गर्न पाउने भएका हुन ।
कार्यलयले दिएको जानकारी अनुसार स्थानिय तह निर्बाचनमा १६ सय ८ जनाले मतदान गर्न नपाउने भएका छन् । फोटो सहितको मतदाता नामवलि तयार गरेपनि १८ बर्ष भन्दा कम उमेर भएकोले उनिहरुले मतदान गर्न नपाउने भएका हुन ।
स्थानीय तह पुर्नसंरचना अनुसार जिल्लामा ६८ केन्द्र रहेकोमा आसन्न निर्वाचनको लागि केन्द्र बढाइएको समेत कार्यलयले बताएको छ ।
जिल्ला मतदान केन्द्र सिफारीस समीतीको निर्णय अनुसार ७४ केन्द्र कायम गरीएको छ । आउँदो बैशाख ३१ गते तोकीएको स्थानीय तह निर्वाचनको सम्पन्न गराउन ७४ केन्द्र कायम भइसकेको कार्यालयले जनाएको हो । कार्यालयका अनुसार निर्वाचन सम्पन्न गराउन जिल्ला भर तीन सुरक्षा निकाय सँगै ८ सय जना निजामती र शिक्षक कर्मचारीहरु परिचालन हुने जिल्ला निर्वाचन अधिकृत लक्षु शर्माले जानकारी दिनुभयो । कार्यालयका अनुसार हाल सम्म जिल्लामा १६ दल कायम रहेका छन । –सुवास लामिछाने





प्रतिकृया दिनुहोस्