Print

पर्वतको खानीगाउँका युवा ब्यवसायीक बाख्रापालनमा, बार्षिक ४ लाख आम्दानी

२९ फागुन, पर्वत । हातमा सिप भएका र पढेलेखेका युवाहरु गाउँघरमा रोजगारीको अवसर नभएको भन्दै धमाधम विदेश पलायन हुन् थालेका छन् । जिल्लाकै तथ्याङक हेर्ने हो भने पनि मासिक २० देखी ३० युवा विदेश पलायन गरेको पाईन्छ तर, परिश्रम गर्न सके सानो लगानीबाट पनि ठुलो सफलता पाउन सकिन्छ भन्ने उदाहरण यहाँका एक व्यक्तिले प्रस्तुत गरेका छन् ।
पर्वतको फलेवास नगरपालिका खानीगाउँ गहते बनपाखाका बाउवहादुर सुनार व्यवसायिक बाख्रापालनबाट राम्रो आम्दानी गर्न सफल हुनुभएको छ । पुखौँदेखी गदै आएको डकर्मी तथा सिकर्मी पेशा त्यागेर विगत ४ बर्षदेखी गाउँमै सुरु गर्नुभएको व्यवसायिक बाख्रापालनवाट राम्रो आम्दानी गर्न सफल हुनुभएका हो । १५ वटा स्थानिय जातका माउ बाख्रावाट उहाँले बार्षिक ४ लाखसम्म आम्दानी गर्दै आउनुभएको छ । डकर्मी तथा सिकर्मी पेशावाट घरखर्च चलाउन गाह्रो भएपछि उहाँले यो पेशा अगाल्नु भएको हो । ५० हजार लगानीवाट व्यवसायिक बाख्रा पालनमा सुरु गर्नुभएको, सुनारकोे परिवार यहि आम्दानीवाट चलिरहेको छ ।

पुखैँली पेशावाट घरखर्च चलाउन तथा छोराछोरी बढाउन गाह्रो भएपछि व्यवसायिक रुपमा केही गरौ भन्ने मनस्थितीमा बाख्रा पालन सुरु गएको उहाँको भनाई छ । सामान्य परिवारका सुनार बाख्रापालनपछि परिवार पाल्नदेखी लिएर अन्य खर्चको लागि निकै सहज भएको बताउँछन् ।आफ्नोे घरयसी कामसँगै बाख्रा हेरचाह गर्नमै सुनारको दिनचर्या बनेको छ । उनकोे मेहेनत र परिश्रमकै कारण परिवार पालेर केही रकम समेत बचत गदै आएका छन् । मेहेनती र परिश्रमीक सुनार गाउँमै बसेर विदेशमा जति कमाईन्छ भने किन विदेश जाने भन्ने प्रश्न गर्छन ?उनले भने–रोजगार खोज्दै विदेशिएका युवा देखेर स्वदेशै केहीगर्ने युवाहरुलाई प्रोत्साहन गर्न खोजेको उनले बताए । मेहनतका साथ काम गर्ने हो भने यहि पनि विदेशमा भन्दा धेरै राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उहाँको भनाई छ ।बाउ सुनारले बाख्रापालन सँगै आरन पेशा समेत गदै आउनु भएको छ ।

गाउँघरमा आरन पेशा हराउँदै गएपछि उनले आरन पेशालाई पनि सञ्चालन गरेको बताउँछन् । आरन पेशा हराउँदै गएकोमा पनि दुःख व्यक्त गरे । साथै सुनारले खेतवारीमा खेतीपाती गर्नपनि भ्याएका छन् । सुनारले पालेका बाख्रा फलेवास क्षेत्र हुदै कुश्मा, बागलुङ लगायत अन्य जिल्लामा पनि निर्यात हुने गरेको छ ।

व्यवसायीक बाख्रापालनवाट राम्रो आम्दानी भएपनि अहिलेसम्म सरकारी पक्षवाट सहयोग नपाएको उनको गुनासो छ । जिल्लामा बाख्रापालन सम्वन्धी तालिम सम्पन्न भएको खवर रेडियो तथा पत्रपत्रिकावाट सुन्ने पढ्ने गरेपनि आफुलाई अहिलेसम्म तालिम लिने अवसर नमिलेकोे भनाई छ । – साजन परियार

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस