Print

पर्वतका गाउँपालिका र नगरपालिका केन्द्र कहाँ–कहाँ तोकियो ?

२९ फागुन, पर्वत । सरकारले साविकका जिल्ला विकास समिति, नगरपालिका र गाउँ विकास समितिलाई विघटन गरेको छ । नेपाललाई संघिय संरचनामा लैजाने प्रक्रिया स्वरुप साविकका संरचनालाई विघटनको घोषणासंगै सवै ठाउँलाई नगरपालिका वा गाउँपालिका तोकिएको छ । पर्वत जिल्लामा २ नगरपालिकासंगै ५ वटा गाउँपालिको संरचना तय भएको छ ।

जलजला, मोदी, महाशिला, विहानी र पैयू गाउँँपालिका साथै कुश्मा र फलेवास नगरपालिका घोषणा गरिएको छ । साविकका गाविसका कार्यालयहरु विघटनसंगै घोषणा भएका गाउँपालिका र नगरपालिकाको केन्द्र भने अव सवैलाई चासोको विषयमा बनेको छ ।

जलजला गाउँपालिकाको केन्द्र स्थानीयले वारीवेनी र मिलनचोकमा माग गरेतापनि पनि साविकको माझफाँट गाविसको कार्यालयलाई उक्त गाउँपालिकाको केन्द्र तोकिएको छ ।

यसैगरी कुश्मा नगरपालिकालाई भने साविकको जिल्ला सदरमुकाम कुश्मा बजारलाई नै तोकिएको छ । उता, मोदी गाउँपालिकाको केन्द्र डिमुवालाई बनाउने गरी स्थानीयले प्रयास गरेपनि सरकारले भने साविकको देउपुर गाविसको कार्यालयलाई नै उक्त गाउँपालिकाको केन्द्र तोकेको छ ।

यसैगरी ठूलो फलेवास नरपालिकामा साविकको खानीगाउँ गाविसकोक कार्यालयलाई नै केन्द्र तोकिएको छ । यसैगरी महाशिला गाउँपालिकामा भने साविकको बालाकोट गाविसको कार्यालयलाई केन्द्र तोकिएको छ ।

उता बिहादी गाउँपालिकामा भने वहाकीठाँटी गाविसको कार्यालयलार्य केन्द्र तोकिएको छ । जिल्लाको सुदुरदक्षिणी क्षेत्रमा रहेको पैयूगाउँपालिकाको केन्द्र हुवास गाविसको कार्यालय तोकिएको छ ।

गाउँपालिका र नगरपालिकाको केन्द्रको विषयमा स्थानीयले गहिरो चासो राख्दै आफ्नो अनुकूलको ठाउँमा केन्द्र राख्ने गरी माग गरेतापनि पुर्नसंरचना आयोगले भने भौगोलिक अवस्थाको केन्द्रलाई केन्द्रविन्दु मान्दै गाउँपालिका र नगरपालिकाका केन्द्रहरु तोकेको हो । यसरी तोकिएका केन्द्रहरुमा गाउँपालिका वा नगरपालिकाका लागि आवश्यक पर्ने पूर्वाधार भने छैनन । उता, सार्वजनिक स्थानको समेत केहि केन्द्रहरुमा समस्या छ ।

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस