२३ फागुन, पर्वत । चालु आवमा पर्वत जिल्लालाई पूर्ण साक्षर घोषणा गर्ने अभियान अन्तर्गत आईतबार उत्तरी पर्वतको क्याङ्ग गाविसलाई पूर्ण साक्षर गाविस घोषणा गरिएको छ ।
२०६८ सालदेखि लागु भएको पूर्ण साक्षर कार्यक्रम अन्तर्गत पर्वतमा आव २०७०/०७१ देखि पूर्ण साक्षर गाविस घोषणा सुरु गरिएको हो । पूर्ण साक्षर एवम् निशुल्क तथा अनिवार्य आधारभूत शिक्षासुनिश्चितता घोषणा भएको ३१ औँ गाविस हो । दुई हजार पाँच सय ४७ जनसंख्या रहेको गाविसमा १५ देखि ६० वर्ष उमेर समूहका एक हजार पाँच सय २९ जना साक्षर रहेका छन् । गाविसभरिमा ६६ जना असाक्षर रहेको गाउँ शिक्षा कार्यक्रमको तथ्यांकमा उल्लेख गरिएको छ । तीमध्ये ३० जनालाई अनौपचारिक शिक्षा दिईरहेको पनि जनाईएको छ ।
गाविस भित्र रहेका १५ देखि ६० उमेर समुहका ९५.७० प्रतिशत नागरिक अक्षर चिन्न, लेख्न र पढ्न सक्ने भएपछि जिल्ला शिक्षा कार्यालय पर्वतको समन्वयमा गाउँ शिक्षा समिति क्याङ्गको आयोजनामा गाविसलाई पुर्ण साक्षर गाविस घोषणा गरिएको हो ।





प्रतिकृया दिनुहोस्