२३ फागुन, पर्वत । रेडियो दिदीबहिनी ९५.२ मेगाहर्जद्धारा आयोजित नवौ पश्चिमाञ्चल स्तरीय बृहद महिला महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।
रेडियोको सातौ बार्षिकोत्सवको अवसर पारेर संचालन गर्न लागेको महोत्सवको सवैजसो तयारीहरु पुरा भएको रेडियोले जनाएको छ । महोत्सवको नेपाल सरकारका उपराष्ट्रपति नन्दबहादुर पुनले समुद्घाटन गर्ने कार्यक्रम रहेको छ । अन्तराष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भ पारेर आयोजित “बृहत आठौं पश्चिमाञ्चल महिला महोत्सव” चार दिन सम्म संचालन हुने भएको छ ।
फाल्गुण २४ देखी ३० गतेसम्म विभिन्न कार्यक्रमको आयोजना गरि महोत्सव गर्न लागीएको रेडियो दिदी वहिनीका अध्यक्ष कल्पना चापागाईले जानकारी दिनुभयो । महोत्सवआउन केही दिन मात्र बाँकी रहँदा सवैजसो तयारीहरु सकिएको अध्यक्ष चापागाईले जानकारी दिनुभयो । उहाँका अनुसार महोत्सवको तयारी स्वरुप अहिले स्टल निर्माण, रमाईलो मेला तथा मञ्च निर्माण लगायतका कामहरु अघि बढेका छन्, भने प्रचार प्रसार कार्यक्रमलाई समेत तिब्रता दिइएको छ ।
सदरमुकाम कुस्माबजार स्थित बान्द्रेविडीचौरमा हुने महोत्सवमा रत्यौली प्रतियोगिता, भजन प्रतियोगिता, विद्यालय स्तरीय सामुहिक नृत्य प्रतियोगिता, बक्तृत्वकला प्रतियोगिता, विभिन्न समुह तथा संस्थाहरुको ¥याली प्रतियोगिता, टपरी गाँस्ने लगायतका प्रतियोगीता रहेका छन ।






प्रतिकृया दिनुहोस्