Print

शान्ति समिति पर्वतको संयोजकमा पत्रकार पौडेल चयन

२२ फागुन, पर्वत । स्थानिय शान्ति समिति पर्वतको संयोजकमा नेपाल पत्रकार महासंघका प्रतिनिधी गणेश पौडेल संयोजकमा चयन भएका छन । स्थानिय शान्ति समितिमा लामो समय देखि कृयाशिल रहदै आएका पौडेल समितिको सर्बसहमतीमा संयोजक भएका हुन ।

स्थानिय शान्ति समितिको पहिलाको बैठकबाट नै यहि फाल्गुण १२ गतेबाट संयोजक भएका गणेश पौडेललाई समितिका संयोजक सोमलाल आचार्यले आज समितिको पुर्ण बैठकबाट हार्दिकताको साथ संयोजक हस्ताण्तरण गर्नुभयो ।

संयोजक हस्तारण्तरण गर्दै संयोजक सोमलाल आचार्यले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो । साथै नयाँ संयोजक गणेश पौडेलले स्थानिय शान्ति समितिलाई सबैको अपनत्व हुनेगरि अगाडी बढाउने प्रतिबद्धता ब्यक्त गर्नुभयो । नबनिर्वाचित संयोजक पौडेलले आजैबाट आफ्नो पदभार ग्रहण गरेका छन ।

 

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस