नेपालको राजनैतिक ईतिहासमा हरेक पल तथा क्षणहरुको हिसाव निकाल्न सकिन्छ तर सबै भन्दा ठुलो चुनौती लम्पसारबादको बिरुद्धमा हिसाव निकाल्न रहेछ ।
लामो राजनैतिक ईतिहास बनाएका हाम्रा नेताहरु सामान्य भन्दा सामान्य कुरामा बिदेशी तथा स्वदेशी खराब तत्वहरुसँग यस्तो तरिकाले लम्पसार पर्दा रहेछन् जसलाई त्यहाँबाट निकालेर फेरी पुरानो स्थानमा लैजान सायद असम्भव नै छ ।
केहि समय अगाडी देखि नेपाली राजनैतिक क्षेत्रमा चर्को र जबरजस्त उदाएको यो लम्पसार भन्ने शब्द साच्चिकै हरेक गतिबिधीमा देखिन थालेको छ । राष्टिय तहमा मात्रै होईन जिल्ला तहमा पनि सामान्य भन्दा सामन्य प्रलोभनमा मानिसहरु यति लम्पसार पर्दा रहेछन् कि जो पराजय मात्रै होईन पत्तासाफ हुँदा समेत हाम्रो लम्पसारलाई गौरबका साथ बिजय भएको महसुस गर्दा रहेछन् ।
राष्टिय तहमा दिनभर भारतको चर्को बिरोधमा उत्रिएर रातभर भारतिय दुतावास लैनचौरमा लाईन लाउननेहरु जस्तै स्थानिय तहमा पनि दिनभर चोकमा बिचार र दर्शनको चर्को वकालत गरेर रातपरेपछि एक बोत्तल बियरमा आफ्नो बिचारको स्वस्ती शान्ति गरेको धेरै पटक देखिएको छ ।
राजनितीलाई पेषा बनाएकाहरु मात्रै होईन राजनिती भन्दा ईतरको हुँ भन्नेहरु पनि यो लम्पसारवादी बिचारबाट अलग रहन सकेनन् । केन्द्रमा सरकार निर्माणको लागि गुलामी गर्ने र सरकार निर्माण पश्चात उनीहरु कै ईच्छापुर्तिको लागि सर्मपित भएर नेपाली जनताको सपना चकानाचुर पार्नेहरुलाई अब स्थानिय तहबाट हिसाव निकाल्दीन जरुरी छ ।
आफु पदमा हुनेबेलासम्म सिन्को नभाच्ने र उक्त पदमा जान पनि योग्य नहुने केहि लम्पटहरुले स्थानिय तहको संरचनामा आफुलाई बाहुबली ठान्ने तथा केन्द्रिय तहमा चाकडी, चाप्लुसी, तथा नातावादमा आफुलाई पुराका पुरा सर्मपण गर्नेहरुको बिरुद्ध साच्चिकै उभिन जरुरी भएको छ ।
नेपालमा धेरै रत्तपातपुर्ण आन्दोलन तथा युद्धहरु भए ति युद्ध तथा आन्दोलनको लक्ष्य सामाजीक र राजनैतिक रुपाण्तरण थियो । यहाँ बिचमा उदाएका केहि लम्पट तथा लम्पसारवादीहरुको कारण त्यो फेरी गुम्ने खतरा पैदा भएको छ ।
स्थानिय तहमा कुनै बेला आफ्ना टाउको फोर्ने हरुलाई हितैसी र मितेरी साईनो ठान्नेहरु, बिचार दर्शनमा एकता भएको मान्नेहरु उस्तै अर्को काण्डमा उनीहरुलाई धोकेबाज, जालसाजी भन्न कसरी मिल्छ ? पहिला गरेको हितैसी र मितेरी साईनो गलत भयो भन्न पनि नसक्ने र केहि अतिवादी सोच भएकाहरुको गतिमा सति जानेलाई बैचारीक दर्शन हो भनेर कसरी भन्न सकिन्छ ?
सानोमा केटाकेटी खेलेको जस्तो गरि घुम्ने मेचमा अब मेरो पालो भनेर केन्द्रमा नौ महिने सरकार ठडिए जस्तै गरेर अर्को पटक मेरो पालो भनेर लम्पसार पर्ने तथा साथमा भएकालाई समेत घात गरेर सर्मपण हुने परिपाटीलाई हेर्दा लम्पसार मात्रै होईन सति गए जस्तै भन्न सकिन्छ ।
नेपाल जस्तो देशलाई जसरी भारतिय बिस्तावादको एजेण्डा बोक्ने लेण्डुपेहरुले कुरुप बनाएका छन् । त्यस्तै माओवादी आन्दोलनमा पछिल्लो समय भित्रीएका केहि चैतेहरुले कुरुप बनाएका छन् । उनीको मुख्य नारा भनेको म जहाँबाट आएको हो त्यसलाई बुझाउनु पर्छ र आफुले त्यहिबाट केहि भाग पाउनुपर्छ भन्ने बाहेक अरु देखिदैन ।
न उनीहरु बिचारमा दर्शनलाई मान्छन् न उनीहरु कामलाई जनताको सेवाको रुपमा मान्छन् । उनीहरुको मुख्य उद्येश्य भनेको आफ्ना स्वार्थ प्राप्ती हो । त्यसको उनी जोसँग लम्पसार पर्न परेपनि पछाडी पर्दैनन् ।-सुचनाकेन्द्रबाट





प्रतिकृया दिनुहोस्