- याम बहादुर मल्ल (रामकृष्ण)
जेनजीको प्रदर्शन र त्यसमा भएको धुसपैठले नेपालको राजनीतिक कोर्ष मात्रै परिवर्तन भएन, सर्वजनिक र निजी सम्पत्तीमा समेत ठूलो क्षति पुग्यो । जेनजीले उठाएका जायज मागमा राज्य निर्मम बन्दा अनाहकमा युवाहरुले ज्यान पनि गुमाए जुन दुखद् पनि छ । तर जेनजीको नाममा भएको घुसपैठ र त्यो समूले २४ गते मञ्चाएको बिधंश भने क्षम्य छैन ।
ऐतिहासिक सिंहदरबार, संसद भवन, सर्वोच्च अदालतदेखि राष्ट्रपति हुँदै प्रधानमन्त्री निवास पनि जलेर खरानी भए । जुन जनताको करले ठडिएका संरचना थिए । साथै दलहरुका केन्द्रदेखि जिल्ला पार्टी कार्यालय, नेताहरुका नीजि सम्पत्तीमा पनि तोडफोड र आगजनी भयो । होला नेताहरुले भ्रष्टाचार गरेर अकुत सम्पत्ती कमाए, अबैध धन थुपारे त्यसको अनुसन्धान गर्दै गैर कानुनी रुपमा आर्जन गरेको रहेछन् भने त्यसको कारवाही उनीहरुले नै भोग्नुपर्छ र उनीहरुको सपत्ती राष्ट्रिय करण पनि हुनुपर्छ त्यसमा दुईमत छैन । तर पार्टीका संचना जल्दा र नेताहरुमाथि कुटपीट हुँदा भातृ संस्थाहरु कहाँ के गर्दै थिए भनने प्रश्न एतिवेला उठ्न थालेको छ ।
खासगरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उनकी पत्नीसमेत रहेकी केन्द्रीय सदस्य एवं निर्वातमान परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा कुटिदा देशको सबैभन्दा ठूलो पार्टीका भातृ संगठनको भूमिकामाथि प्रश्न उठेको हो । यस्ता संस्थाहरूको मुख्य जिम्मेवारी र कर्तव्य केवल राजनीतिक पद वा व्यक्तिगत फाइदाका लागि नेतासँग नजिकिने मात्र होइन। उनीहरूको प्रमुख दायित्व पार्टीको आदर्श, नीति र नेताहरूको सुरक्षा गर्नुपर्ने पनि हो । तर, हालैको घटनाले हाम्रा पार्टी कार्यालयहरू तोरफोड तथा जलाउँदै नेताहरूमाथि कुटपिट हुँदा, नेताका घरहरू जलाइँदा वा तोडफोड गरिएका बेला तरुण दल र नेविसंघका युवायहरू कहाँ थियौ ? निर्वाह गर्नुपर्ने भूमिकामाथि गम्भीर प्रश्न उठेको छ।
जब काठमाडौँ लगायतका जिल्लाहरूमा नेताहरू संकटमा थिए, त्यतिबेला यिनीहरूले फोन स्विच अफ गरेर सम्पर्क विहीन हुनु र कर्तव्यबाट भाग्नुले उनीहरूको जिम्मेवारीप्रतिको निष्ठामाथि नै सन्देह पैदा भएको छ।
पार्टी र नेताहरूसँग वर्षौँदेखि विभिन्न प्रकारका स्वार्थ र फाइदा लिँदै आएका यी संस्थाहरू संकटको घडीमा पलायन हुनुले उनीहरूको नैतिक धरातल कमजोर भएको देखाउँछ। अहिले आएर फेरि ठूलाठूला भाषण गर्दै आन्दोलनकारीलाई कारबाही गर्ने धम्की दिनुको कुनै अर्थ छैन। यदि उनीहरू साच्चिकै पार्टीप्रति प्रतिबद्ध थिए भने, संकटको घडीमा उनीहरू नेताहरूको ढाल बनेर उभिनुपर्थ्यो। यो घटनाले तरुण दल र नेविसंघलाई मात्र होइन, समग्र नेपाली कांग्रेसको भ्रातृ तथा सुभेक्षक संस्थाको संरचनामै सुधारको आवश्यकता देखियो ।
अब उनीहरूले केवल नारा र भाषणमा होइन, व्यवहारमै आफ्नो इमानदारी र जिम्मेवारी प्रमाणित गर्नुपर्नेछ।
कांग्रेस नेता मल्ल नेपाली कांग्रेस गण्डकी प्रदेशका सदस्य हुनुहुन्छ ।




