राष्ट्रको सर्वोच्च, गरिमामय पदमा पुगिसकेपछि फेरि दलगत सक्रिय राजनीतिमा फर्कने चाहना स्वाभाविक लागे पनि त्यसले लोकतान्त्रिक मुल्य र संस्थागत मर्यादामाथी गम्भीर प्रश्न उठाउँछ। लोकतन्त्र कुनै व्यक्तिको अधुरा आकांक्षा पूरा गर्ने यन्त्र होइन, जनताको अधिकार र भरोसाको जगमा उभिएको व्यवस्था हो। पदले मान दिइसकेपछि सम्मानपुर्वक विश्राम लिने परिपाटी नै स्वस्थ परम्परा हो।
पुर्वराष्ट्रपति ज्यु, सक्रिय राजनीतिमा फर्किन खोज्नुले पार्टीभित्र अन्य अनुभवि, योग्य र समर्पित नेताहरूको भुमिकालाई छायाँमा पार्ने खतरा पैदा गर्छ। के यति लामो समयदेखि राजनीतिमा लागेका अन्य नेताहरू अयोग्य छन ? यदि पार्टी व्यक्तिनिष्ठ छ भने त्यो संगठन होइन, गुट मात्र हो। नेकपा (एमाले) जस्तो सैद्धान्तिक र जनतामा आधारित दल यस्ता कार्यहरूबाट अझ सचेत हुनुपर्ने बेला हो।
यती बेला (एमाले)ले गरेका कामहरु निराशाका नारा लगाएर नयाँ नयाँ पार्टी खोलेर यो वा त्यो रुपमा प्रहार गर्दै पार्टी प्रती चौतर्फी आक्रमण गरिरहेको देखिन्छ। (एमाले)ले विगत देखी हालसम्म गरेका योगदानहरु संविधान निर्माण, लोकतन्त्रको संस्थागत विकास, संघीयताको अभ्यास, भौतिक पुर्वाधारको विकास र राष्ट्रिय स्वाभिमान,पेट्रोलियम पाइपलाईन, रेलका कुरा, सुरुङ मार्ग निर्माण, अन्तर्राष्ट्रिय स्तरका रंगशालाहरु, फराकिला चौडा राष्ट्रिय राजमार्गहरु, सामाजिक सुरक्षा भत्ता,स्वास्थ्य बिमा, दैलेखमा पेट्रोलियम खानि पत्ता लगाउने, बिआरआई सम्झौता, पारवहन सम्झौता, चुच्चे नक्शा, लामो समय संसदमा रोकिएका महत्त्वपूर्ण ऐनहरु आदि जस्ता थुप्रै विषयमा उल्लेखनीय योगदान दिएको छ। विकास, समृद्धि आजको भोली हुने चिज होइन। हुनुपर्ने जति नभएको पक्का हो तर हुँदै नभएका होइन । थुप्रै कुरा भएका छन। निराशाको खेती गर्नेहरुले पनि देश बनाउन के कति योगदान गरे त? के समीक्षा आवश्यक छैन ? आखा बन्द गरेर गरेको बिरोधको कुनै तुक छैन। म अरुदलको कुनै भुमिका छैन भन्दिन,आज देशमा जतिपनि दिर्घकालिन महत्त्वका कुरा भएका छन सायद (एमाले)कै नेतृत्व भएका बेला भएका छन। विशेषतः अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रियता, विकास र जनताको आत्मसम्मानको विषयमा साहसी अडानहरू इतिहासमा दर्ज हुने खालका छन्।
पार्टीभित्र अनुशासन, सम्मान र कार्यकर्ताको योगदानको कदर हुने संस्कृति विकास गर्दै हामी (एमाले)लाई जनताको दिलमा अझ गहिरो बनाउने अठोटका साथ अघि बढ्न तयार छौं।
आज यतिका योगदान गरेको पार्टी (एमाले)को नेतृत्वको बिषयमा आन्तरीक पार्टी देखि विभिन्न दल सम्म चासो र चिन्ता हुनु स्वभाविक कुरा हो। हुनत महाधिवेशन तोकिएकै छैन यद्यपि (एमाले) भित्र सहमति र संयोजनबाट नेतृत्व दोस्रो पुस्तामा सुम्पन सकिन्छ भने त्यो पार्टीको दीर्घकालीन स्वास्थ्यका लागि निकै फलदायी र सकारात्मक हुनेछ। तर यदि त्यसमा स्पष्ट सहमति बन्न सकेन भने, संगठनको एकता, निरन्तरता र स्थायित्वका लागि अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्व पनि आवश्यक हुनसक्छ। उहाँको अनुभव, राजनीतिक कौशल र मुलधार कायम राख्ने क्षमताले पार्टीलाई संक्रमणकालीन मोडबाट सुरक्षित पार गर्न सक्छ। तर यसबीचमा भविष्यका नेतृत्वको सुनिश्चित तयारी पनि सँगसँगै अगाडि बढाइनु आवश्यक छ।
यतिखेर हामिसग थुप्रै चुनौती छन।आज देशमा जनताका असन्तुष्टि छन्, बेरोजगारी र वैदेशिक पलायनका चपेटामा युवा पुस्ता छ। यस्तो बेला पार्टीभित्र पदको लडाइँभन्दा माथि उठेर जनताको पक्षमा उभिने, उनीहरूको आवाज सुन्ने र तद्नुसार मार्गदर्शन दिने नेताहरूको खाँचो छ। नेकपा (एमाले) ले जनताका समस्यालाई गहिरो रूपमा बुझेको दल हो। हामीमा पनि कमजोरीहरु पक्कै छन। हामीले आत्मालोचना पनि गरौं र सुधार गर्ने सामर्थ्य पनि हामी मै छ। नेतृत्वमा निरन्तर नवीकरण, विचारमा स्पष्टता, र व्यवहारमा जनमुखीपन अबको आवश्यकता हो।
पार्टीभित्र अनुशासन, सम्मान र कार्यकर्ताको योगदानको कदर हुने संस्कृति विकास गर्दै हामी (एमाले)लाई जनताको दिलमा अझ गहिरो बनाउने अठोटका साथ अघि बढ्न तयार छौं। पदका लागि होइन, परिवर्तनका लागि राजनीति गरौं, आज दिन प्रती दिन विदेसिने युवाहरु कसरी स्वदेशमै रोक्न सकिन्छ ? विदेशिएका युवाहरुको पुँजी,ज्ञान सीप र अनुभव कसरी देशमा ल्याउने होला ? गाउँका वाँजा बारीहरुमा कसरी उत्पादन बढाउने होला भन्ने जस्ता गम्भीर विषयमा बहस गरौं। जनताको साथ र भरोसा गुमाउने बाटोमा बहस नगरौ, जनताको विश्वास अनि भरोसा हामीसग छ र जनताको भविष्य पनि (एमाले) ले नै बदल्छ।
लेखक पौडेल नेकपा (एमाले) जिल्ला कमिटि पर्वतका सचिव हुनुहुन्छ ।




