Print

कुश्माको सुरक्षा ब्यवस्थामा प्रश्न : रोकेको बसमा आगो लाग्दा न आयो दमकल न आयो प्रहरी !

२४ माघ, पर्वत । जिल्ला सदरमुकाम कुश्मा बजार स्थित जिरो किलोमिटरमा रोकिराखेको बसमा गत राती आगो लाग्यो । रातको ११ बजेको समयमा लागेको आगोका कारण बसका महत्वपूर्ण भाग जलेर नस्ट भएको छ । ध १ ख ५१४ नम्बरको आइचर बसमा लागेको लागोलाई स्थानीयबासीको प्रयासमा तत्काल नियन्त्रणमा आएपनि प्रहरी र दमकल विहान मात्र घटना स्थलमा पुगेको सवारी धनी शरद प्रसाद उपाध्यायले बताए ।

उपाध्यायका अनुसार बसको ढोका खुल्ला हुनु र रोकेको अवस्थामा आगो लाग्नुले गाँजा सेवन गर्ने युवाहरुकै कारण हुनसक्ने अनुमान गर्न सकिन्छ । प्रारम्भिक अनुमान आफै आगो लागेको देखिएपनि रोकिएको बसमा विद्युत सट हुन नसक्ने भएकाले गाँजा वा चुरोट सेवन गर्ने युवाहरुले आगो लगाएको हुनसक्ने उनी बताउँछन । रोकिराखेको बसमा बसेर लागुपदार्थ सेवन गर्ने युवाहरुको संख्या पछिल्लो समय पर्वतमा बढिरहेको छ ।

गाँजा खाने र आगो बसमा नै फाल्दा यस अघि पनि कुश्माको वस स्टपमा राखेको एउटा बसमा आगो लागेको थियो । दिउँसोको समयमा आगो लागेको कारण उक्त आगो तत्काल नियन्तत्रणमा आएपनि आइतबार राती लागेको आगोले बसलाई ठूलो क्षति पुराएको स्थानीय शिवप्रसाद शर्मा रेग्मीले बताउँछन ।

कुश्मा नगरपालिकाको ब्यवस्थापनमा आगो नियन्त्रण यन्त्र दमकल भएपनि सुचना ढिला आइपुगेका कारण दमकल पठाउन नसकिएको प्रहरीले जनाएको छ । उता, प्रहरी पनि घटना स्थलमा ढिला मात्रै आएको स्थानीयबासीले बताएका छन । रोकि राखेका सवारी साधनमा आगो लाग्दा अन्य सवारी धनीहरु पनि त्रसित बनेका छन ।

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस