२६ माघ, पर्वत । पोल तथा मिटर बक्स भन्दा बाहिरबाट तार हुकिङ गरि विद्युत चोरीमा संलग्न १७ जना ग्राहक कार्वाहीमा परेका छन् । नेपाल विद्युत प्राधिकरणको लोडसेडिङमुक्त अभियान अन्तर्गत पर्वत बितरण केन्द्रले चलाएको कार्वाही अभियानबाट दुई लाख ३० हजार एक सय ६ रुपैया जरिवाना बापत असुल गरेको छ ।
प्राधिकरणको पर्वत बितरण केन्द्र प्रमुख विजयराज रेग्मीका अनुसार सदरमुकाम भन्दा ग्रामिण क्षेत्रका ग्राहक चोरीमा बढी संलग्न भएको पाइएको छ । दुईवटा बत्ती बाल्नेले समेत चोरी गरेको पाइएको उहाँले बताउनुभयो । शंंकरपोखरी सहित केहि गाउमा चोरेर बाल्ने लहरै चलेको समेत उहाँले बताउनुभयो । चोरीमा संलग्नलाई उनीहरुले प्रयोग गरेको विद्युतको अनुमानित युनिटका आधारमा जरिवाना असुल गरि गल्ती नदोहो¥याउने सर्तमा छोडिएको केन्द्रले जनाएको छ । प्राधिकरणले लामो समयसम्म महसुल नतिर्ने केही ग्राहकको लाइन समेत काटेको छ ।
विद्युत महसुल नतिर्नेमा जिल्ला जनस्वास्थ्य कार्यालय अन्तर्गत जिल्ला अस्पताल सहित विभिन्न स्वास्थ्य चौकी पनि रहेका बताइएको छ । बितरण केन्द्रले पटक–पटक ताकेता गर्दा पनि अस्पतालले करिब चार लाख बक्यौता नतिरेको केन्द्र प्रमुख रेग्मीले जानकारी दिनुभयो ।





प्रतिकृया दिनुहोस्