Print

पाँचौ पर्वत महोत्सव किन सफल भयो ?

२३ माघ, पर्वत । माघ १३ गतेदेखि शुरु भएको १० दिने पाँचौ पर्वत महोत्सव २२ गते सकिएको छ । पर्वत जिल्लाको पर्यटन प्रवद्र्धन र ब्यापार प्रवद्र्धनका लागि आयोजीत महोत्सव विगतका महोसत्वको तुलनामा निकै सफल रहेको आयोजकले दाबी गरेका छन । झण्डै ५ करोडको कारोबार भएको महोत्सवमा ५० हजार भन्दा बढि दशर्कले अवलोकन गरेका थिए । पछिल्लो समय झोलुंगे पुलहरुले जिल्लाको पहिचानलाई देश र विदेशमा थप मजबुद बनाउँदै गरेको बेला आयोजना भएको महोत्सव हेर्न आउने दशर्कले महोत्सवसंगै नेपालकै अग्ला झोलुंगे पुलहरुको अवलोकन समेत गर्न पाएका छन । ब्यापार प्रवद्र्धनसंगै जिल्लाको पहिचानलाई स्थापीत गराउनका लागि पर्वत महोत्सवले ठूलो भूमिका खेलेको उद्योग बाणिज्य संघका अध्यक्ष एव्म महोत्सव मुल आयोजक समितिका संयोजक हरीओम शर्मा लामिछाने बताउँछन । उनले ब्यवस्थित र फरक ढङगबाट महोत्सव सञ्चालन गर्ने प्रयास सफल रहेको समेत जिकिर गरे ।

‘महोत्सव भनेको मनोरञ्जन, पर्यटन प्रवद्र्धन र ब्यापार प्रवद्र्धन हो’ संघका महासचिव ठाकुर वि. पौडेल भन्छन–‘यि सवै कुरामा पाँचौ पर्वत महोत्सव एतिहासिक बनेको छ ।’ महोत्सवमा अपेक्षा गरे भन्दा बढि दर्शकहरुको उत्साह रहेको भन्दै पौडेलले महोत्सव सफल बनाउन सबै पक्षको समान योगदान रहेको समेत बताए ।

विगतको भन्दा के फरक थियो महोत्सवमा ?

आर्थिक मितब्ययीता

विगतमा आयोजना हुने महोत्सवमा आयोजकले निकै ठूलो रकम फजुल खर्च गर्ने गरेका थिए । मुल आयोजक समिति र अतिथिहरुले खाएका लाखौंका बिलहरु महोत्सवमा पेश हुदाँ महोत्सव सधै घाटामा जाने गरेको थियो । महोत्सवमा फजुल खर्च हुने गरेको चर्को आलोचना पनि विगतका बर्षहरुमा हुने गरेका थिए । महोत्सवको प्रचार प्रसारका लागि मोटरसाइकल र कार ¥यालीको नाउँमा मोटो रकम फ्यूलमा खर्च हुने गरेको थियो ।
उता, होटलमा अतिथिको सत्कार देखि अरु छिमेकी जिल्लामा गरिने प्रचार प्रसारमा पनि अत्याधिक रकम खर्च हुने गरेको थियो । यस पटकको महोत्सवमा आयोजक समितिले अतिथिहरुको खर्चपानमा निकै मितब्ययी बनेको थियो भने, होटलहरुका महंगा विल पेश नहुने संयन्त्र निर्माण गरेको थियो । उता, प्रचार प्रसारका लागि गरिने अनावश्यक मोटरसाइकल र कार ¥यालीहरु गरिएन भने, तुल ब्यानर र साजसज्जामा पनि मितब्ययिता अपनाइएको थियो । संघका कोषाध्यक्ष मानसिंह भण्डारी भन्छन–‘हाम्रो टिमको महत्वपूर्ण सफलता फजूल खर्च घटाउनु पनि हो ।’ थोरै खर्चमा एतिहासिक महोत्सव सफल गरेको दाबी गर्दै कोषाध्यक्ष भण्डारीले आगामी दिनमा पनि पाँचौ पर्वत महोत्सवका सिको हुनुपर्ने बताए ।

१ सय ७० स्टल बुकिङ

पर्वतमा सम्पन्न चार वटा महोत्सवहरुको पुनरावलोकन गर्दा बढिमा १ सय स्टल मात्र बुकिङ हुने गरेका थिए । ब्यापार प्रवद्र्धनमा ध्यान आयोजकले दिँदा पनि स्टल संख्या कम हुँदा दशर्कहरुले महोत्सवलाई मध्यम स्तरमा विश्लेषण गर्ने गरेका थिए । यस पटक १ सय ७० स्टल बुकिङ भए भने, झण्डै २० भन्दा बढि स्टल बुकिङका लागि आए । तर स्टल निर्माण गर्ने ठाउँका अभावमा ति स्टल सञ्चालकहरु फर्किए । स्टल निर्माण तथा ब्यवस्थापनका संयोजक तथा पर्वत उद्योग बाणिज्य संघका उद्योग उपाध्यक्ष शिव शर्मा पौडेल भन्छन–‘स्टल ब्यवसायीको उत्साहजन सहभागीता रह्यो ।’ केहि स्टल ब्यवसायीहरुले एकमुष्टमा स्टल लिने र भाडा तिर्नका लागि ब्यापार नभएको गुनासो गर्नेको संख्या विगतको जस्तै रहेपनि धेरै स्टलहरुमा अपेक्षाकृत ब्यापार रहेको पौडेल बताउँछन । ‘महोत्सवमा छिरे पछि महोत्सवमा आवश्यक सवै प्रकारका सामाग्रीहरु थिए’ पौडेल भन्छन–‘विगतको भन्दा स्टल भाडा झण्डै दोब्बर गर्दा पनि स्टलमा उत्साहजनक सहभागीता थियो ।’

महोत्सव शुरु नहुँदै ६० लाख संकलन

पाँचौ पर्वत महोत्सव शुरु नहुँदै बोलकवोल रकम समेत गरी झण्डै ६० लाख रकम संकलन भएको थियो । आर्थिक उप समितिका संयोजक एवम् संघका बरिष्ठ उपाध्यक्ष गोपी अधिकारीका अनुसार महोत्सवमा विभिन्न निकायको सहयोग र अन्य आम्दानी समेतको हिसाव गर्दा महोत्सव शुरु नहुँदै उत्साहजनक सहयोग प्राप्त भएको थियो । महोत्सव शुरु भएपछि टिकट बिक्रीबाट मात्र झण्डै २० लाख आम्दानी भएको प्रारम्भिक अनुमान गरिएको छ । महोत्सव सकिनै लाग्दा पनि विभिन्न संघ संस्थाहरु प्रयोजकको रुपमा थपिने र सहयोग गर्ने क्रम चलिरहेको थियो ।

अस्ट्रीज र कालीगण्डकी नदीमा ¥याफटिङ

पर्वत महोत्सवमा यस पटक अस्ट्रीज चरा विशेष आकर्षणको रुपमा रहेको थियो । नौलो चरा अवलोकन गर्नका लागि दशर्कहरु उत्साहित बनेका थिए । आयोजकले महोत्सव शुरु भएको केहि दिनमा ल्याएपनि चरा हेर्नका लागि दशर्कको भिड लागेको थियो । उता, कालीगण्डकी नदीको ¥याफटिङ महोत्सवको अर्को आकर्षण थियो । हजारौ विदेशी पर्यटकले ¥याफटिङ गर्ने गरेको कालीगण्डकी नदीमा यस पटक पर्वतबासीले पनि ¥याफटिङको विशेष अवसर प्राप्त गरे । संघका कार्य समिति सदस्य तथा ¥याफटिङ उप समितिका संयोजक राजन गुरुङका अनुसार प्रतिकूल मौसमका बाबाजुद पनि पर्वतबासीले उल्लेखनीय रुपमा ¥याफटिङ गरेका थिए ।

उता, कलाकारहरुमा हुने अनावश्यक खर्चलाई समेत समायोजन गरीएको सांस्कृतिक उप समितिका संयोजक एवम् संघका उद्योग   उपाध्यक्ष केदार शर्मा बताउँछन । स्तरीय कलाकारहरु उचित पारिश्रमिकमा आफूले ब्यवस्थापन गरेको शर्माले बताए ।

प्रत्येक ३ बर्षमा आयोजना हुने महोत्सवमा आयोजक पक्षहरु वीचका सामान्य मनमुटाव केहि गतिविधिहरुमा देखिएपनि विगतमा हुने महोत्सवको तुलानामा धेरै परिकृष्त महोत्सवको रुपमा पाँचौ पर्वत महोत्सवलाई लिन सकिन्छ । संघका निवर्तमान अध्यक्ष रामकृष्ण कर्माचार्य भन्छन–‘विगतका सिकाइका कारण पनि यस पटक धेरै सुधार गरिएको हो ।’ पाँचौ महोत्सव सफल हुनुमा चारवटा महोत्सवको मूल देन रहेको भन्दै यस पटकको महोत्सवले राम्रो आर्थिक लाभ लिएको बताए । महोत्सवमा भएको आम्दानीलाई ब्यवस्थित र आगामी दिनका गर्ने महोत्सवहरुमा यस पटकका भूललाई सुधार गर्नसके आगामी महोत्सवहरु अझै उत्कृष्ट बनाउन सकिने नागरिक समाजका अगुवाहरुको धारणा रहेको छ ।

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस