Print

पार्किङ गरेर राखिएको बसमा आगो लाग्यो

२४ माघ, पर्वत । सदरमुकाम कुश्मा बजार स्थित जिरो किलोमिटरमा पार्किङ गरीराखिएको बसमा आइतबार राती आगो लागेको छ । रातको ११ बजेको समयमा पार्किङ गरि राखिएको ध १ ख ५१४ नम्बरको बसमा आगो लागेको हो ।

बागलुङ–कुश्मा अन्तर्गतको रुटमा चल्ने उक्त बसमा आगो लाग्दा गाडिको बडि, सिसा, सिटि, सिलिङ जलेर नस्ट भएका छन । गाडीमा आगो लागेपछि स्थानीयको प्रयासमा थप क्षति हुन बाट बस जोगिएको स्थानीय शिव प्रसाद शर्मा रेग्मीले जानकारी दिए । बसमा आगो लागेको बारेमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

उता, स्थानीयबासले भने बस भित्रको वारिङ सट भएर आगो लागेको बताएका छन । आगलागीबाट लाखौं रकम क्षति भएको छ । केहि महिना पहिला पर्वतको वस स्टपमा पार्किङ गरी राखिएको एक बसमा पनि आगो लागेको थियो ।

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस