२२ माघ, पर्वत । पर्वत न्यूज अनलाईनको औपचारिक शुभारम्भ भएको छ । नेकपा एमाले प्रचार विभागका उप प्रमुख सूर्य थापाले एक कार्यक्रमका वीच शुभारम्भ गरेका हुन । पर्वतको कुश्मा स्थित होटल बन्दनामा आयोजीत एक कार्यक्रमका वीच थापाले अनलाईन औपचारिक रुपमा सार्वजनिक गर्दै शुभारम्भको घोषणा गरेका थिए ।
प्रेस चौतारी नेपालको १९ औं स्थापना दिवस समेतको अवसर पारेर आयोजना गरिएको शुभकामना अदान प्रदान कार्यक्रममा अनलाईनको औपचारिक शुभारम्भ गरिएको हो । कार्यक्रममा बोल्दै एमाले नेता थापाले पत्रकारले निश्पक्ष भएर समाचार प्रवाह गर्नुपर्नेमा जोड दिएका थिए ।
फरक प्रशंगमा बोल्दै नेता थापाले आगामी वैशाखमा प्रचण्ड सरकार समाप्त हुने समेत ठोकुवा गरे । उनले चैत्रसम्म सरकारको म्याद भएका र आगामी वैशाखमा नयाँ सरकार बन्न खुलासा समेत गरे । निर्वाचनको नाटक गरेर प्रचण्डले आफ्नो सरकारलाई लम्बाउन खोजेको आरोप लगाउँदै नेता थापाले निर्वाचनको कुनै सम्भावना नरहेको र सरकार ढल्ने सम्भावना अत्याधिक रहेको समेत जिकिर गरे ।
कार्यक्रममा प्रेस चौतारी नेपालका उपाध्यक्ष तथा प्रदेश न ४ का इन्चार्ज गणेश पाण्डेले पत्रकारसंग पनि राजनीतिक विचार हुने भएकाले पत्रकारीता र राजनीति अलग रहन नसक्ने बताए । पाण्डेले पत्रकारीतामा एकताको खाँचो रहेको भन्दै एकता बिथोल्दा पत्रकारको हक र हितका कामहरु पछाडी पर्ने सम्भावना रहेको समेत बताए । आगामी पत्रकार महासंघको निर्वाचनमा हैसियत अनुसारको नेतृत्व गर्दे सहमतीको संस्कारलाई निरन्तरता दिनुपर्नेमा जोड दिदै पाण्डेले केहि निहित ब्यक्तिहरुको स्वार्थका कारण सहमती सवै ठाउँमा सम्भव नरहेको बताए ।
कार्यक्रममा नेपाली कांग्रेस पर्वतका पाटी सचिव विश्व प्रकाश प्रसाई, एमाले पर्वतका पुर्व उपाध्यक्ष राजु पौडेल, माओवादी केन्द्रका केन्द्रिय सदस्य शंकर गिरी, नयाँ शक्ति नेपालका महेन्द्रजंग लामिछाने लगाएतले मन्तब्य ब्यक्त गरेका थिए । यसैगरी कार्यक्रममा प्रेस यूनिएन पर्वतका अध्यक्ष छविलाल तिवारी, प्रेस सेन्टरका केन्द्रिय सदस्य मुरारी शर्मा संगम, प्रेस सोसाइटीका राजबाबु पिसी, क्रान्तीकार पत्रकार संघका अध्यक्ष वैगुष्ठ गिरी लगाएतले मन्तब्य ब्यक्त गरेका थिए । प्रेस चौतारी पर्वतका सचिव नवराज गिरीले सञ्चाल गरेको उक्त कार्यक्रमको अध्यक्षता प्रेस चौतारी पर्वतका अध्यक्ष लक्ष्मण सापकोटा र स्वागत पर्वत न्यूज डटकममा सञ्चालक तथा प्रेस चौतारी पर्वतका उपाध्यक्ष गणेश गिरीले गरेका थिए ।






प्रतिकृया दिनुहोस्