Print

तिमीसंगको बियोगमा धेरै रोए

म तिमी संगको बियोग मा धेरै रोए एन्जु जब तिमीलाई म पराईको हातमा सुम्पन बाध्य बने तिमीलाई कसैको हातमा अब दिदैछु तिमीलाई दिनु पर्ने छ भन्ने जव थाहा पाए त्यस दिन देखि म सुत्न सकिन केवल आँसुको धाराहरु मात्र वर्षी रहन्थ्यो म तिम्रो मायाको ख़ातिर अनि अब चाँडै तिमीलाई मेरो काँख बाट अरु कसैको हातमा सुम्पीने दिनको नजीक मा थिएँ ६ फेब्ब्रुवरी मा तिमीलाई लिन केहि आउँदैछ मलाई थाहा थियो तिमीलाई अरु को हातमा अपरीचीत मान्छेको हातमा सुम्पन त मलाई पनि मन कहाँ थियो र एन्जु !! म मा मेरो घरपरीवार मा त्यस्तै बाध्यता थियो तर तिमीलाई केहि थाहा थिएन तिमी हमेशा मेरो काखमा लुटुपुटु हुने गर्दथ्यो जब म काम बाट हरेक मेरो आफ्नै ब्यवहार बाट थकित भएर घरमा आउथिएँ तिमी हत्तार हत्तार गर्दै ढोकामा आएर म संग ढेसीदै मलाई चाट्दै स्वागत गर्दथ्यो अनि सानो सोरमा बोल्दै भुईमा खुसी लडीबडी गर्दै मलाई मख्खै पारथ्यौ ।

अनि म तिमीलाई खुसी हुँदै सुमसुमाउथे तिमी मेरो अघिपछी गर्दै हिड्थ्यो जब तिमीलाई खानेकुरा दिन्थें खुसी हुँदै खाई सक्थ्यो अनि फेरी मेरो अनुहारमा पुलुक्क हेर्दै आँखा झिम्काई दिन्थ्यौ हाम्रो घर नै कति उज्यालो पारेको थियौ तिमीले ।। तिमी हाम्रो घरको सबै परीवारको प्यारो थियौ खुसी थियौ तर पनि तिमीलाई हामीले हाम्रो सारा खुसी र माया लाई पैतीला मुनी जवर्जस्ती कुल्चीएर हाम्रो मन रुवाएर भए पनि कसैको हातमा दिनै पर्ने बाध्यता आई लाग्यो ओनालीस् ओसान पनि रुन्थीए तिम्रो माया र तिम्रो साथ हामी बाट छुट्टीन अब धेरै छैन हामी अब एन्जु लाई देख्न छुन खेलाउन पाउने छैनौं भनेर मलाई त्यति बेला अझ बढी असहाय हुन्थो म मेरो आँखा बाट आशु रोक्न खोज्थिए तर सक्दीन थिए तिमीलाई काखमा राखेर म कति रोए तिमी लुपुक्क परेर मेरो अनुहारमा हेर्दै सुत्थ्यो खेल्थ्यौ तर तिमीले म किन रोए थाहा नै पाऊदैनौ थियो सायद थाहा पायौ होला तर बोल्न तिमी सक्दैनौ थियौ टुलुटुलु हेर्थ्यो तिमी कति अनजान थियौ तिम्रो अन्जान पन देखेर झन मेरो मुटु छियाछिया हुन्थ्यो यदि तिमीलाई मेरो तिमी प्रतिको चोखो माया र प्रेम तिमीलाई बताउन सक्ने र तिमीले सबै बुझ्ने भए मलाई यदि घात हुने थिएन होला तिमीलाई हेर्दै ओनालीस् पनि कति रोयो कति बहे उसको आँखाबाट तिमी प्रति को मायाममताको पिडा हरु आँशु सँगै हामी विवस भयौं एन्जु रुमलीन ।

जुन दिन तिमी मेरो हात बाट मेरो काँख बाट मेरो साथ बाट छुट्टीएर टाढा जाँने दिन थियो धेरै दिन देखी म रोई रहेको थिए तिमी प्रति को बियोग म कसरी सहन सक्छु होला त्यही मात्र मेरो मनमा थियो त्यो दिन तिमीलाई लिन बिहानीको ११ बजे कोहि आउँदैछ मलाई थाहा थियो तिमी लाई हाम्रै काखमा हाम्रै साथ मा हाम्रै हातमा राख्ने चाहाना हुँदा हुँदै पनि हामी बाध्य थियौ तिमीलाई हामी बाट अलग्याउन तिमीलाई एक हप्ता देखी मैले सबै कोठाहरु मा जान दिएको थिईन तिमी निराश भएर तिम्रै कोठामा मात्र सीमीत रहेर बसेको झै लाग्दथ्यो तिमी लाई त्यती धेरै निराश बनाएर राख्नु भन्दा त बरु कसैको साथमा फ्रि भएर हरेक कोठामा तिमी जान पाऊछौ भन्ने सोचेर दिने निर्णय त गरे तिमी लाई लिन आउने ले म अब १५ मिनटमा आई पुग्छु भनेर म्यासेज पठायो मलाई झन असहाय भयो ।

तिमीलाई मिठो लाग्ने तिम्रो खानेकुरा म किन्न गएको थिए म घरमा आउदा तिमी उसैको काखमा कत्ति मजाले बसेर घुरी रहेको थियौ मलाई झन बढी बज्रपात भयो तिमी केहि क्षणमा उसको कारमा बस्यौ त्यती बेला अलिक डराए जस्तो गर्यो त्यो क्षण म भुल्नै सकीन तिम्रो फोटो भिडीयो हरु हरेक दिन हेर्न पाई रहेको छु तिमी खुसी छौ तर मलाई नै साह्रै गाह्रो भयो तिमीलाई भुल्न सक्दीन रात भरी राम्रो निदाउन सकीन तिम्रो यादले मलाई साह्रै सताई रहन्छ तड्पाई रहन्छ मेरो सिरानी भिजेको हुन्थ्यो कहिले सायद तिमीले हामीलाई पनि कति याद गरीरहेको होलाऊ कहिले भेट्न पाऊँछु भनेर सोच्दैछौ होला तर तिमी बोल्न सक्दैनौ सँदैव मौन रहेर मौनतामा आफ्नो पिडा गुम्सीएर बसेको छौ होला जस्तो लाग्छ ।।।
ओसानले तिमीलाई अरुको हातमा सुम्पीन पहिले भनेको थियो मामु एन्जु मेरो कारण अब घरमा बस्न पाउदैन बरु मलाई बोडर्स राख्नु भनेर त्यति बेला म कति रोएँ नत तिमी देखि अलग बस्न चहान्थें म नत ओसान संग नै बाध्य भएर आँशुको घुट्टका हरु पिउदै तिमीलाई म देखी छुट्टाउन बिवस बनें एन्जु मलाई माफ गर हाम्रो आफ्नो स्वार्थको ख़ातिर तिमीलाई हाम्रो साथ काँख बाट बन्चीत बनायौं ।।हर बिहानी तिमी सँधै मेरो बेडरूम को ढोका आएर मलाई बोलाऊथ्यौ तिम्रो भाषामा म उठेर आईन भने तिमीले तिम्रो सानो सुन्दर हातहरुले खुट्टाहरु ले ढोकामा आवाज दिन्थ्यौ तर अहिले सबै सुन्य छ कोहि नभएको जस्तो आभाष हुन्छ घरनै रित्तो भएको महसूस हुन्छ सपनामा पनि देख्छु मेरो काखमा बसेर मलाई चाटी रहेको हुन्छौ म कति खुसी भै रहेको हुन्छु ब्युझदा तिमी हुदैनौ मलाई असाहय हुन्छ तिमी बिना मलाई यति कठिन पर्छ तिम्रो याद र मायामा यति धेरै म तडपिन्छु होला भन्ने त मैले सोचेको पनि थिएन मलाई गाह्रो हन्छ थाहा थियो तर तिमी प्रतिको बिछोडमा यति धेरै म तड्पनु पर्छ भन्ने मैले नै सोचेको थिईन एन्जु तिमीलाई म धेरै माया गर्दथे तर यति धेरै तिम्रो मायाले म तड्पीन्छु घायल हुन्छु भन्ने मलाई नै थाहा थिएन ।। मैले मेरो कति आफन्तहरु को बिछोड बियोग हरु लाई सामना गरे तर तिमी संगको बियोग तिमी संगको विछोड मा धेरै भिन्नता पाए मेरो जिवनको सबै भन्दा ठुलो बिर्शन नसक्ने चोट पिडा तिमी संगको बियेगमा पाए हरेक पल तिम्रो अभाबको महसूस गरीरहेको छु

तिमीलाई कहाँ भेटु कहाँ देखुँ एन्जु यहाँ हुँदा त तिमी जतै भए पनि एन्जु एन्जली आऊँ आऊँ भन्दा मेरो बोली सुन्न साथ हस्यांग फस्यांग गर्दै आईपुग्थ्यो अहिले त तिमी म देखि कोसौ टाढा छौ १२४.७ मायल्स टाढा छौ मैले जति चिच्याएर बोलाए पनि तिमी सुन्दैनौ तिमी नजीक भै दिएको भए म हप्ता कमसे कम एक पटक त भेट्न पाउथें नि तर के गर्नु तिमीलाई चाहेर पनि म भेट्न छुन पाउदिन ।।

केवल तिम्रो फोटोहरु र तिम्रो भिडीयोहरु हेरेर तिम्रो अभाबलाई पुर्ण बनाउन म बिवस छु

एन्जु तिमीलाई मेरो परीवार देखि छुटाएको पनि 9 महिना बिती सकेछ अझै पनि तिमी यतै कता लुकामारी खेल्दैछौ कि जस्तो लाग्छ अझै पनि तिमीलाई भुल्न सकिन एन्जु

तिम्रो नाममा तिम्रो यादमा तड्पीएर मेरो मनको केहि भाबहरु पोख्दैछु मलाई थाहा छ नत तिमीले पढन सक्छौं नत कसैले पढेर सुनाएर तिमी बुझ्न सक्छौं तर पनि म यो तिम्रो लागी लेखी रहेको छु तिम्रै बियेगमा म छट्पटाई रहेकै हुन्छु ।

हरेक दिन सबै हामी साथ छौ तर तिमी छैनौं कता कता हाम्रो परीवार अपुरो भएको महसूस हुन्छ तर पनि खुसी छु तिमीलाई धेरै माया गर्ने परीवारको हातमा काँख मा सुम्पेको छु बिश्वास छ तिमी भाग्यवानी छौ अनि खुसी छौ ।।

तिमी त कत्ति ठुली पनि भै सकेछौ तिम्रो फोटो र भिडीयो हेर्न पाई रहन्छु हरेक दिन आशा छ आउने दिनहरु मा पनि म यसरी नै तिमीलाई हेर्न पाई रहने छु सधै भरी खुसी रहनु ल एन्जु ❤️

हरहमेशा तिमीलाई माया गरी रहेको छु बाध्यता बस तिमीलाई साथ दिन नसके पनि !!!!

रोजी लाबुङ (राई )
बुधवारे -५
झापा नेपाल हाल-यु के

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस