Print

तिम्रो हाँसो मेरो रोदन । गजल

तिम्रो माया थाती राखि, अन्तै यात्रा गर्दा खेरी
तिमी पनि रोयौ अरे, मैले बसाई सर्दा खेरी

मेरो हाँसो तिम्रो रोदन, यो जुनीमा कहिल्यै नहोस्
म त सधै रुने गर्छु, तिमलाई दुःख पर्दा खेरी

तिम्रो हाँसो मेरो रोदन, भाग्यको यो खेल रैछ
हल्का तिमी मुस्कुराउनु, मैले संसार छोड्दा खेरी

कुश्मा, पर्वत
२०८० फागुन