Print

अली मियाँ पुरस्कारबाट पर्वतका लोक गायक युबराज भुसाल सम्मानित हुँदै

१४ फागुन, पर्वत ।  पोखरामा रहेर नेपालको लोक संस्कृतिको जगेर्ना गर्दै आएका लोक कबि अली मियाँको सम्झनामा स्थापना गरिएको लोक कबि अलि मियाँ पुरस्कार २०७३बाट पर्वतका लोक गायक युबराज भुसाल सम्मानित हुने भएकाछन् ।

लोक कबि अलि मियाँको चाहना अनुसार उनका छोरा हनिफ मियाँले स्थापना गरेको सो पुरस्कारबाट पर्वत वाहकीठाँटी घर भएका भुसाललाई सम्मानित गरिने भएको हो । ग्रामीण भेगमा गाईने लोक भाकाको जगेर्ना गरेको भन्दै भुसाललाई नगद २० हजार सहित सम्मान पत्र प्रदान गरिने पुरस्कार छनोट समितिका संयोजक तुलसी प्रवासले जानकारी दिए ।

२०५९ सालमा स्थापना भएको अली मियाँ लोक बाङ्मय प्रतिष्ठानले प्रत्येक वर्ष लोक भाका संरक्षणको क्षेत्रमा योगदान पु¥याउने एक जनालाई सम्मान गर्दै आएको छ । प्रत्येक वर्ष फागुन १५ गते लोक कबि अली मियाँको जन्म दिनको अवसर पारेर सो पुरस्कार प्रदान गरिँदै आएको छ ।

यस वर्ष कबि मियाँको ९९ औं जन्म जयन्ती हो । सम्मानित हुने गायक भुसालले लोपोन्मुख अवस्थामा रहेका ठेट लोक भाकाको संरक्षण गर्दै आएका छन् । भुसालले भजन, खेली, नौमती बाजा लगायतका गितहरु गाएकाछन् ।

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस