४ असोज, पर्वत । पर्वतको कुश्मा नगरपालिकाको असोज १० गते नगरसभा हुने भएको छ । बजेट पूर्व गरिने विभिन्न तयारीलाई अगाडी बढाउने बुधबार बसेको नगर कार्यपालिकाको बैठकले निर्णय गरेको छ ।
नगरप्रमुख रामचन्द्र जोशीको अध्यक्षतामा बसेको नगर कार्यपालिकाको बैठकले नगरसभाका लागि गर्ने पूर्व तयारीको तालिका सार्वजनिक गरेको छ । जस अनुसार विहिवार स्रोत अनुमान समितिको बैठक बस्दै छ । स्रोत अनुमान समितिका संयोजक रामचन्द्र जोशी, सहित सदस्यहरु ८ जनाको बैठक बसेर स्रोतको अनुमान गर्ने छ ।
शुक्रवार र शनिवार विषयगत समितिको बैठक बस्ने छ । विषयगत समितिका बैठकमा विषयगत कार्यालयका बजेट तथा नीति तर्जुमा गरिने जनाईएको छ । ७ गते बजेट तर्जुमा समितिको बैठक बस्दै छ भने ८ गते बजेटको अन्तिम तयारी पुरा गरिने भएको छ । सबै तयारी पुरा गरेर असोज ९ गते पुन कार्यपालिकाको बैठक बसेर अन्तिम रुप दिने नगरपालिकाले जनाएको छ ।
वडाका योजना संकलनको काम असार १० गते अगाडी नै भैसकेको थियो । असार १० गते हुनुपर्ने नगरसभा जनप्रतिनिधीका बिचमा कुरा नमिल्दा हुन सकेको थिएन ।