Print

के देखें के भेटें यहाँ ….

रोजी लाबुङ (राई )
 
बचनको पक्का कोहि हुदैनन् रहेछन् यहाँ
पैसामा किनबेच हुन्छ मानप्रतिस्ठा यहाँ
बिश्बासै गर्न गाह्रो हुन्छ आजकल यहाँ
जालझेलमा अस्थीत्व साटी रहेका छन् यहाँ
 
 
 नामको लागी झुटको खेतीपाती गर्छन् यहाँ
दामको लागी कसैको अधिकार खोसीन्छ यहाँ
निर्दोष लाई दोषी बनाई ईज्जत लुटीन्छ यहाँ
दुखी गरीबलाई नै बेक़सूर मै कुटीन्छन् यहाँ
 
 
 मुल्य तिरेर आफ्नै लागी पुरस्कार किन्छन् यहाँ
स्वार्थको लागी हत्याहिंसा लूटपाट हुन्छ यहाँ
राम्रोलाई हैन हाम्रोलाई प्रसंसा गरीन्छ यहाँ
काम हैन पैसा र नामलाई आदर गरीन्छ यहाँ
 
 धन देखे पछि महादेव को तिन नेत्र हुन्छ भन्थे
पैसाको कारोबारमा चार नेत्र भएको पनि देखें
मुखमा राम बगलीमा छुरा गर्नेहरु पनि भेटें
गफैको भरमा बंगलो गाड़ी किन्ने पनि देखें
 
 बर्षातमा भिजेर तलाऊमा खेलेको भन्नेहरु भेंटें
खोलामा डुबेर समुन्द्रको मोती टिपें भन्नेहरु देखें
बगरमा सुतेर किनारमा तैरीए भन्नेहरु पनि भेटें
पत्थरलाई बालुवा संग तुलना गर्नेहरु पनि देखें
 
 
 चिया पिऊदै हुस्की पिएको शान दिने पनि देखे
जानीबुझी बुझ्पचाउनेहरु को जमात पनि भेंट
कम्जोडीको फायदा उठाउन खोज्नेहरु पनि देखें
मरेको मान्छेलाई औंलाछाप गराउनेहरु पनि भेटें
 
 
 आफु भोकाउदा अरु भोकाको संम्झने पनि देखें
आफु अघाउँदा अरु अघाएको सोच्ने पनि भेंटें
आफु पिडामा हुँदा अरुको पिर महसूस गर्ने देंखें
आफ्नो आँशु झर्दा मात्र आँशुको मुल्य बुझ्ने भेंटें
 
 
 अरुको पिरमार्का मा हाँस्नेहरु पनि देखें
अर्काको खुसीमा डाहाले रुनेहरु पनि भेटें
चोखो मायामा खेलबाड गर्नेहरु पनि देखें
माया नपाएर पलपल तड्पनेहरु पनि भेंटें
 
 
 रुप र बैशको पछि लाग्नेहरु पनि देखें
कुरुप र बृदलाई घृणा गर्नेहरु पनि भेटें
सुखले मात्तीएर जिवनको बेवस्ता गर्ने पनि देखें
दुखले आत्तिएर आत्मा हत्या गर्ने पनि भटें
यस्तो सबै सबै भेटें अनि देखे
तर सबैको बाध्यता र परीस्थीती मा
सामेल भई दुखपिडा सम्स्या आई पर्दा
निस्वार्थ बनी आश्वसान दिने
सहयोग सुझाब दिने बिरलै भेटें अनि कमै देखे
 
बुधबारे -५ झापा-नेपाल
 हाल- यु के

 

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस