Print

कवि श्रवण मुकारुङको ठोकुवा —ओली नेता होइनन्, लोककवि हुन्

काठमाडौं । कवि श्रवण मुकारुङका नजरमा ७ नेता नामक स्टोरी आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ । अन्य नेताहरुसँगै एमाले नेता केपी ओलीका बारेमा उनले कडा टिप्पणी गर्दै भनेका छन्, –एमाले अध्यक्ष केपी ओली एउटा राम्रो नेता हुन् भन्ने नै मलाई लाग्दैन ।

म धेरैको कुरा सुन्छु, उनले कलाकारिता गरेको भए हुने हो । मलाई पनि उनले कलाकारिता गरेको भए राम्रो हुने जस्तो लाग्छ । तर, अब उनी नेता भएका छन्, उनले नेता जस्तै हुनुपर्ने हो । कलाकारका लागि त हामीसँग मनोज गजुरेल, दीपकराज गिरीहरु छँदै छन् नि !

तर, अहिले केपी ओली जे गरीरहेका छन् , त्यासले मलाई विश्वास दिलाउँछ, उनमा लोककविमा हुनुपर्ने गुण सबै छन् । यस्तो किन पनि भने ओलीले प्रभावशाली बिचार दिन सकेका छैनन् । एउटा नेताबाट विचार विमर्शको आशा गर्छौ, तर उनीबाट यो सम्भव छैन ।

अहिले पनि उनी महेन्द्रीय राष्ट्रवादको कपी गर्न खोजिरहेका छन् । त्यसमाथि उनमा गुटबन्दी गर्ने र कार्यकर्ताको संरक्षणमा तल्लीन हुने आरोप पनि लाग्छन्, मलाई पनि यी कुरा ठिकै हुन् भन्ने लाग्छन् । किनकी उनले नयाँ दर्शन, विचार र सिदान्त दिन सकेका छैनन् ।

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस