Print

रोट्रयाक्टको क्लब खाजा खर्च कटाएर  सहयोग

१३ माघ, पर्वत । ३० बर्ष उमेर समूहका युवाहरुले गठन गरेको रोट्रयाक्ट क्लबले पर्वतका विभिन्न विद्यालयमा पुगेर भने मनै देखि सहयोग गर्ने गरेको देखिन्छ । जीवन जिउँनका rotayrkलागि संघर्ष गर्दै गरेका युवाहरुको संस्था रोट्रयाक्टले सोमबार मात्रै  नाग्लीवाङ्ग ४ मा रहेको यस जनजागृति प्राथमिक विद्यालयमा सहयोग हस्तान्तरण गरेको छ । यस अघिका केहि कार्यक्रमहरु तामझाम गरेको आरोप लागेको क्लबले विद्यालयमै पुगेर सामान्य औपचारिक कार्यक्रम गरी विद्यार्थीहरुका लागि कपडा वितरण गरेको हो ।
शिक्षा कार्यालय पुग्न नसकेको उक्त विद्यालयमा सामाजिक क्षेत्रमा अग्रणी संस्था रोट्रयाक्ट क्लव अफ पर्वत र रोट्रयाक्ट क्लव अफ काठमाण्डौ नर्थले सोमबार एक संयुक्त कार्यक्रमको आयोजना गरि विद्यालयका सबै विद्यार्थीलाई स्वेटर वितरण गरेको छन । कार्यक्रममा विद्यालयमा रहेका ४७ जना विद्यार्थीलाई दुवै क्लवका पदाधिकारीहरुले खाजा खर्च कटाएर जाडो मौसममा उपयुक्त हुने कपडा वितरण गरिएको छ । यसबाट विद्यार्थीहरुलाई केही मात्रामा भएतापनि राहत हुने कार्यक्रमका अध्यक्ष आरसी पौडेलले बताए ।
विद्यार्थीको आधारभूत आवश्यक पुरा भएमा शैक्षिक सुधारमा सहयोग पुग्ने उनले बताए । कार्यक्रममा क्लवको सहयोग प्रति आभार प्रकट गर्दै प्रधानाध्यापक तारा महतले यसले शैक्षिक सुधारमा ठुलो प्रभाव पार्ने बताईन् । त्यस्तै कार्यक्रमका प्रमुख अतिथी तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल बहादुर खड्काले गरिब विद्यालयमा सानो सहयोगले पनि ठुलो प्रभाव पार्ने बताउँदै क्लवको कार्यको प्रशंसा गरेका थिए ।
कार्यक्रममा जनकल्याण माविका प्रअ नारायणदत्त रेग्मी, विव्यस अध्यक्ष सोम जिसी, नेपाली कांग्रेसका दुर्गा बहादुर खत्री तथा आयोजकको तर्फबाट प्रवीण खड्का, ऋषिराज अधिकारीले मन्तव्य राखेका थिए । कार्यक्रम संयोजक विशन क्षेत्रीको स्वागत रहेको कार्यक्रममा सचेतक प्रमोद शर्माले कार्यक्रमको समय निर्धारण गरेका थिए । उक्त कार्यक्रमको सञ्चालन क्लवका सचिव गणेश पौडेल र सविता अर्यालले संयुक्त रुपमा गरेका थिए ।

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस