२० मंसिर, पर्वत । पर्वत उद्योग बाणिज्य संघ अन्तर्गत रहेको महिला उद्यमी समितिले पूर्णता पाएको छ । महिला उद्यमी अम्बिका कुमारी शर्माको अध्यक्षतामा गठित समितिले शुक्रबार पूर्णता पाएको हो । समितिको बरिष्ठ उपाध्यक्षमा बिनीता अधिकारी, उपाध्यक्षमा पु्ष्पा शर्मा पौडेल, सचिवमा शान्ति शर्मा कुमाल, कोषाध्यक्षमा रेणु पुन, सह सचिवमा सरस्वती जोशी श्रेष्ठ (सरु) चयन भएका छन् ।
यसैगरी सदस्यहरूमा सरस्वती क्षेत्री, जीवनकुमारी शर्मा, भिमा कोईराला, देबी गिरी, बिष्णु कुमारी शर्मा, बिमला परियार, जसमाया पुन, सरिता रेग्मी, सुमित्रा श्रेष्ठ, रोषनी कुँबर, खगिसरा पौडेल, प्रतीक्षा गौडेल चयन भएका छन् ।
अध्यक्ष शर्माले दिएको जानकारी अनुसार समितिको आमन्त्रित सदस्यमा पुष्पा चापागाई, कल्पना नेपाली, र सीता केसी कुँबर चयन भएका छन् । समितिले पूर्णता पाएसंगै संघको कार्यालयमा उनीहरुलाई जिम्मेवारी हस्तान्तरण गरिएको थियो ।
अध्यक्ष शर्माले सम्पूर्ण उद्यमी पदाधिकारी तथा सदस्यहरुलाई बधाई ज्ञापन गर्दै अभुतपूर्व सहयोग, सहकार्य र एकताको अनुभूतिको अपेक्षा राख्दै सिङ्गो पर्वत उधोग बाणिज्य संघको शिर उचो रहने गरी सफल कार्यकालको शुभकामना ब्यक्त गर्नुभएको छ ।




