२१ कार्तिक, पर्वत । नेकपा (एमाले) का केन्द्रिय सदस्य पदम गिरीले केपी ओली राष्ट्रबादी नेता भएकै कारण चौतर्फी आक्रमण भएको बताउनुभएको छ । मोदी गाउँपालिकाको गाउँ कमिटि वैठकलाई सम्बोधन गर्दैै पूर्व मन्त्री गिरीले राष्ट्रियको पक्षमा खरो गरी लाग्दा प्रधानमन्त्री भएको बेला ओली मार्थि चौतर्फी रुपमा आक्रमण भएको बताउनु्भएको हो ।
राष्ट्रियको पक्षमा बोल्दा छिमेकी मुलुकहरु समेत खुशी नभएको बेला आन्तरीक शक्तिहरुले समेत ओलीको विरोध गरीरहेको गिरीको भनाई थियो । उमेर समूहले जायज माग राखेको बेला देशमा अराजकता मच्चाउने शक्तिकेन्द्रहरुले देशलाई अस्तब्यस्त बनाएको दावी गर्दै गिरीले देशलाई सहि निकास दिनका लागि एमाले नै निर्णायक शक्ति हुने दावी गर्नुभयो । देशलाई भईरहेको कुशासनको अन्त्य हुनुपर्ने धारणा राख्दै गिरीले शुसासनको पक्षमा भएको आन्दोलनलाई जवरजस्ती अन्तै मोडिएको उहाँले बताउनुभयो ।
भ्रष्ट्रचारको अन्त्यको आवाज उठाएका युवा प्ुस्ताकोहरुको मागमा एमालेको समेत समर्थन रहेको भन्दै गिरीले सवै मिलेर देशलाई भ्रष्ट्रचार रहित बनाउनुपर्ने बताउनुभयो ।




