१३ पौष, पर्वत । स्थानीय तहहरुमा जनताको अभिमतबाट चुनिएका जनप्रतिनिधिहरुले जनभावना विपरित काम गर्ने गरेको उदाहरण पर्वतका केहि पालिकाहरुमा देखिन थालेको छ । फरक दलहरुबाट निर्वाचित जनप्रतिनिधिहरुले सामूहिक निर्णय गर्न नसक्दा स्थानीय तह सञ्चालनमा समस्या देखिन थालेको हो ।
बुधवार जलजला गाउँपालिकाको कार्यपालिका वैठक फेसुवक मार्फत प्रत्यक्ष प्रसार गरिएको थियो । प्रत्यक्ष प्रसारण भएको वैठकमा कार्यपालिका सदस्यहरुले माइन्यूटमा हस्ताक्षर गर्न माइन्युट खोजे, तर पालिकाका पदाधिकारीले सदस्यलाई फोटोकपी पेपरमा हस्ताक्षर गराउन खोजे । कार्यपालिका सदस्यहरुले कार्यपालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले जनभावना विपरीत काम गरेको आरोप लगाए । उनीहरुले वैठकमा के एजेण्डा छन् र के निर्णय हुँदैछ भन्ने जानकारी विना नै फोटोकपी पेपरमा उपस्थिती गराउनु नेतृत्वको असफलता रहेको टिप्पणी गरे ।
कार्यपालिका सदस्य भरतबहादुर खत्रीले कार्यपालिका सदस्यलाई झुक्काएर वैठक सञ्चालन गर्न खोजीएको आरोप लगाए । अर्का सदस्य भिमसेन बराइलीले कार्यपालिका सदस्यले विश्वास गर्न सकिने अवस्था नरहेको जिकिर गरे । छदमभेषी शैलीमा सादा पानामा हस्ताक्षर गराएर वैठकमा किर्ते निर्णयहरु लेख्दै गाउँपालिका सञ्चालन भईरहेको कार्यपालिकाका बहुमत सदस्यहरुको आरोप छ ।
गाउँपालिका अध्यक्षले प्रविधिको प्रयोग गरेर फोटोकपी पेपरमा उपस्थिती उठाएको बताएका थिए । उता, सदस्यहरुले भने उपस्थिती भएपछि प्रमुख प्रशासकीय अधिकृत र अध्यक्ष मिलेर वैठकका निर्णय विपरितका निर्णयहरु लेख्ने दाउमा अध्यक्षले जनभावना विपरितको काम गरेको आरोप लगाएका छन् ।
बहुमत सदस्यले एजेण्डामा छलफल भएपछि माइन्युटमा मात्र हस्ताक्षर गर्ने अडान लिएपछि कार्यपालिका वैठक स्थगीत भएको थियो ।
यो पनि पढौं




