Print

जेष्ठ सदस्यको हैसियतमा पर्वतका बस्यालले प्रदेश सभाको सपथ लिए

१३ पौष, पर्वत । गण्डकी प्रदेशसभाका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरूङले बस्याललाई शपथ गराएका हुन् ।

पर्वत जिल्लाको प्रदेश सभा २ बाट निर्वाचित बस्यालले बुधवार सपथ थ्रहण गरेका हुन् । प्रदेश प्रमुखको निवासमा नै शपथ ग्रहण गरिएको हो ।

उनले शपथ ग्रहण गरिसकेपछि अब प्रदेशसभाका अन्य सदस्यलाई शपथ गराउनेछन् ।