Print

जलजलामा कार्यपालिका वैठक : सदस्यलाई फोटोकपी पेपरमा उपस्थिती गराएपछि सदस्यहरुको विरोध

१३ पौष, पर्वत । जलजला गाउँपालिकाको कार्यपालिकाको वैठक गाउँपालिकाको फेसवुक पेजटबाट लाइभ गरिएको छ । वैठकमा कार्यपालिका सदस्यहरुलाई सादा पानामा हस्ताक्षर गराउन खोजीएको भन्दै कार्यपालिका सदस्यले विरोध जनाएका छन् ।

कार्यपालिकाको वैठक कार्यपालिकाको माइन्युटमा हस्ताक्षर गराउनु पर्नेमा सदस्यहरुलाई छुट्टै सादा पानामा हस्ताक्षर गराइएको छ ।

कार्यपालिका सदस्य तथा वडा न ४ का वडा अध्यक्ष भरतबहादुर खत्रीले कार्यपालिकाका सदस्यहरुलाई झुक्काउनका लागि फोटोकपी पेपरमा हस्ताक्षर गराएको बताए । उनले माइन्युट लुकाएर फोटोकपी पेपरमा कार्यपालिका सदस्यलाई हस्ताक्षर गराउन खोज्नु गलत रहेको उल्लेख गरे ।

अर्का कार्यपालिका सदस्य भिमसेन बराइलीले पनि कार्यपालिकाका सदस्यलाई झ्ुक्काउन खोजेको भन्दै अध्यक्षको विरोध गरे । अध्यक्षलाई सहयोग गर्न खोजे पनि अध्यक्षले सदस्यहरुलाई अविश्वास गरेको भन्दै अध्यक्षको नियत माथि नै अविश्वासको सृजना भएको उनले कार्यपालिका सदस्यमा बताए ।

कार्यपालिकाको वैठक गाउँपालिकाको आधिकारिक फेसुवस पेजबाट लाइभ गरिएको थियो । अध्यक्ष राजु आचार्यले प्रविधिको प्रयोग गर्न फोटोकपी पेपरमा कार्यपालिका सदस्यको हस्ताक्षर गराइएको वैठकमा बताएका थिए । आचार्यले फोटोकपी पेपरमा हस्ताक्षर गर्न सदस्यहरुलाई आग्रह गरे पनि सदस्यहरुले माइन्युटमा मात्र हस्ताक्षर गर्ने अडान लिएपछि वैठक स्थगीत भएको छ ।
वैठक स्थगीत पछि अनौपचारिक छलफलका लागि अध्यक्षले फेसुवक प्रत्यक्ष प्रसारण बन्द गर्न निर्देशन दिएका थिए ।
यस अघि पनि जलजला गाउँपालिकामा कार्यपालिका सदस्य र पदाधिकारीहरुका वीचमा विवाद हुँदै आएको छ । कार्यपालिका सदस्यहरुलाई झुक्काएर आफ्नो अनुकुल निर्णयहरु माइन्युटमा लेखिएको भन्दै सदस्यहरुले यस अघि पनि माइन्युट नियन्त्रणमा लिएका थिए ।