१७ जेठ, पर्वत । रोजगारीका लागि मलेसिया पुगेका पर्वतका एक युवाको नेपालीहरुकै कुटपिटबाट मृत्यु भएको छ ।
पर्वतको मोदीगाउँपालिका वडा नं ५ बाजुङ्ग धमिलपानी गाउँका २२ बर्षिय किशोर केसी (नसिब) को साथीभाईको कुटपिटबाट बुधबार मृत्यु भएको हो ।
करिब डेढ हप्ता पहिले आइतबार संगै काम गर्ने नेपाली युवाहरुले कुटपिट गर्दा गम्भीर घाइते भएका क्षेत्रीको मलेसियाको पुत्रोदय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको भएको मृतकका आफन्त अनमोल क्षेत्रीले जानकारी दिए ।
पुर्बी नेपालबाट रोजागरीका लागि पुगेका चार जना साथीहरुले रडले प्रहार गर्दा क्षेत्रीको पेटमा गहिरो चोट लागेको थियो ।
मृतक क्षेत्रीको बिहीबार स्थानिय अस्पतालमा पोष्टमार्टम भएको छ भने शव ल्याउन अझै एक हप्ता लाग्ने भएको छ । २० महिना अघि रोजागरीका लागि मलेसिया पुगेका क्षेत्री परिवारका कान्छा सन्तान हुन ।
उनी अविबाहित थिए । उनका पिता भिमबहादुर क्षेत्री पनि बैदेशिक रोजगारीमा जाने आउने गरिरहेका थिए ।
परिवारको कान्छो सन्तान गुमाउन पुगेपछि परिवार र सिंगो गाउँ नै शोकमा डुबेको छ । आमा देबी क्षेत्री अर्धचेत अवस्थामा छन भने गाउँलेहरुमा समेत रुवाबासी चलेको छ ।
क्षेत्रीलाई कुटपिट गरि हत्या गर्ने साथीहरु चारै जना प्रहरी नियन्त्रणमा रहेको बुझिएको छ ।