१७ जेठ, पर्वत । जिल्लाका फलेवास नगरपालिका वडा न १ कार्किनेटालाई पूर्ण सरसफाई उन्मुख वडा घोषणा गरिएको छ । एक कार्यक्रमका वीच फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले कार्किनेटालाई पूर्ण सरसफाई उन्मुख वडा घोषणा गरेका हुन ।
वडाका सवै घरधुरीमा पूर्ण सरसफाईका सुचकहरु पुरा भएको जिल्ला स्तरीय अनुगमन समितिको प्रतिवेदनका आधारमा वडालाई पूर्ण सरसफाई उन्मुख वडा घोषणा गरिएको हो । घोषणा सभामा बोल्दै नगरप्रमुख शर्माले वडाबासी अव सभ्य समाजका सदस्य बनेको बताए । उनले नगरलाई जिल्लाकै उत्कृष्ट र नमुना नगरपालिका बनाउने अभियानमा सवै जनाको सहयोग र साथको अपेक्षा समेत गरे ।
कार्यक्रममा नगर उपप्रमुख मञ्जु अधिकारीले सरसफाई मानव विकासको पहिलो सुचकांक भएकाले सरसफाइयुक्त वडा बनाउने अभियामा सवैको साथ र सहयोग हुनुपर्ने धारणा राखिन । उनले सरसफाई कार्य कहिल्यै नसकिने अभियान भएकाले यसलाई सधै अनुसरण गर्नुपर्नेछ भनिन ।
कार्यक्रममा खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख प्रेम डोटेल, पत्रकार महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारी, कार्किनेटाका वडा अध्यक्ष बाबुराम शर्मा, थापाठानाका वडा अध्यक्ष गंगानारायण श्रेष्ठ, नगरपालिकाका प्रवत्ता तथा मुडिकुवाका वडा अध्यक्ष टिकाराम गौडेल लगाएतका बत्ताहरुले वडाको सरसफाईको विषयमा आफ््नो धारणा राखेका थिए ।
कार्यक्रममा फलेवास नगरपालिकाका सरसफाई फोकल पर्सन प्रकाश लम्सालले वडाबासीहरुलाई सधै सरसफाई रहने प्रतिबद्धतामा सपथ खुवाएका थिए ।
घोषणा कार्यक्रममा स्थानीयले बाजा गाजा र ¥याली सहित सरसफाईका सन्देशहरु प्रवाह गरेका थिए । यस अघि फलेवास नगरपालिकाकै थापाठाना र खानीगाउँ वडा पूर्ण सरसफाई घोषित भईसकेको छ । नगरपालिकाका १४ वटा वडा मध्ये अव ११ वटा वडा सरसफाई उन्मुख घोषणा गर्न बाँकी रहेको छ ।