Print

अपडेट : पहिरोले पुरिएर होश्राङदीमा एकै घरका ३ जनाको मृत्यु

१८ असार, पर्वत । पर्वत जिल्लाको महाशिला गाउँपालिका १ होश्राङ्दीमा गएराती वर्षासँगै आएको पहिरोले घर पुरीदा वेपत्ता भएका तीन जनाको मृत्यु भएको छ । साविकको होश्राङदी गाविस १ का ६३ वर्षिय तीर्थबहादुर मल्लको घर बस्तीमाथिको डाँडाबाट आएको पहिरोले पुरीएको हो । घर पुँरीदा घर धनी मल्ल,  उनकी आमा ८० वर्षिया बिनाकुमारी मल्ल र श्रीमती ५५ वर्षिय यमकुमारी मल्लको पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानिवासी र सुरक्षाकर्मीले विहानैदेखि खोजीकार्य गर्दा उनिहरुलाई मृत अवस्थामा फेला पारेका हुन् । मल्लका छोरा भारतीय सेनामा कार्यरत रहनुभएको छ । भने बुहारी र नाती बुटबलमा बस्दै आएका छन् ।

झण्डै तीन सय मिटर माथिबाट आएको पहिरोले घर पुरिएको थियो । अहिले मृतकका शब र आसपासका जोखिममा रहेका घरपरिवारलाई समेत सुरक्षित स्थानमा सार्ने काम भैरहेको महाशिला वडा नंंं. १ का अध्यक्ष इश्वरीप्रसाद भुसालले जानकारी दिनुभयो ।  राती १२ बजेको समयमा घर पुरिएको स्थानियले बताएका छन् । गाउँलेहरुले रातीदेखिनै उद्धारकार्य थालेका थिए ।

उक्त स्थानका अन्य ६ घर समेत पहिरोको जोखिममा परेका छन् । उनिहरुलाई समेत सुरक्षित स्थानमा सार्ने प्रयास भैरहेको प्रहरीले जनाएको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय हुवासबाट प्रहरीको टोली पुगेको थियो ।