२१ असोज, पर्वत । नेपाली कांग्रेसमा झण्डै १ दशक केन्द्रिय सदस्यको जिम्मेवारीमा रहेका अर्जुन जोशी यस पटक पनि केन्द्रिय सदस्य कै उमेदवार बनेका छन् । जोशी यस अघि केन्द्रिय सदस्य पद छाडेर प्रदेश सभापातिमा निर्वाचन लडेका थिए । संसदीय निर्वाचनमा ३ पटक जीत र ३ पटक हार बेहोरको जोशी गण्डकी प्रदेश कमिटिको सभापतिमा समेत पराजीत भएका थिए ।
पटक पुनः प्रदेश सभापतिमा लड्ने अनुमान गरिएको बेला जोशी केन्द्रिय कमिटिमै समेटिने प्रयास गरेका छन् । जोशीले केन्द्रिय कमिटिमा पनि सह महामन्त्री वा उपसभापतिमा निर्वाचन लड्ने अनुमान गरीए पनि उनी पुनः केन्द्रिय सदस्य मै चित्त बुझाउन लागेका हुन ।
विशेष महाधिवेशन पछि पनि जोशी केन्द्रिय सदस्य थिए । जोशीसंगै विशेष महाधिवेशनमा मुना भुषाल र सनम वेगम समेत पर्वत जिल्लाबाट केन्द्रिय सदस्य बनेका थिए ।
जोशीसंगै खुल्ला केन्द्रिय सदस्य तर्फ विद्धान गुरुङ उमेदवार बनेका छन् । गृुरुङ तरुण दलका केन्द्रिय अध्यक्ष समेत भईसकेका छन् ।
यस पटक सह महामन्त्रीमा लोक गीत क्षेत्रका चर्चित गायक बिमलराज क्षेत्रीले उमेदवारी हालेका छन् । विना प्यानल पर्वत जिल्लाबाट लोकप्रिय मत पाएर महाधिवेशनमा विजयी क्षेत्रीसंगै खस आर्य तर्फ राधाकुमारी क्षेत्रीले उमेदवारी दिएकी छिन् ।
गगन थापा पाटीको सभापति बन्नुपूर्व नै उक्त समूहको प्रतिनिधित्व पर्वत जिल्लामा क्षेत्रीले गर्थिन । थापा सभापति भएपछि क्षेत्री केन्द्रिय सदस्य विशेष महाधिवेशनबाट नै हुने अनुमान गरिए पनि उनी केन्द्रिय कमिटिमा अटिनन ।
क्षेत्रीसंगै खस आर्य खुल्ला तर्फ राजेन्द्र तिवारी र द्धन्द्ध पिडित तर्फ अशोक उचै ठकुरीले उमेदवारी दिएका छन । तिवारी २०७४ सालको प्रदेश सभा निर्वाचनमा पर्वत क्षेत्र न ख मा पराजीत भएका थिए । ठकुरी यस अघि नै पर्वत जिल्लाको सचिव भईसकेका छन ।




