Print

कांग्रेस क्षेत्रीय सभापतिमा गुरुङ दोस्रो पटक विजयी

१७ असोज, पर्वत । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पर्वत प्रदेशसभा ‘ख’ क्षेत्रीय अधिवेशनबाट परविन गुरुङ दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित हुनुभएको छ।
गुरुङले ४३४ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित हुनुभएको हो। उहाँका प्रतिस्पर्धी हरि न्यौपानेले ३०२ मत प्राप्त गर्नुभयो ।

गुरुङ यस अघि पनि क्षेत्रीय सभापतिको जिम्मेवारीमा हुनुहुन्थ्यो । विहादी गाउँपालिकाका अध्यक्ष समेत रहेका गुरुङ गाउँपालिमामा २०७९ सालको निर्वाचनमा विजयी हुनुभएको हो । पर्वतको विहादी गाउँपालिका वहाकीका गुरुङ कांग्रेसमा दक्षिण क्षेत्रको प्रभावशाली नेताको रुपमा परिचित हुनुहुन्छ । आज भएको मतगणनामा उपसभापतिमा किरण श्रेष्ठ ३७० र पितम्बर भुसाल ३३१ मतसहित निर्वाचित हुनुभएको छ।

सचिवमा रामप्रसाद भुर्तेल ४२३ मत प्राप्त गर्दै निर्वाचित हुनुभयो भने हेमप्रसाद अधिकारीले १४७ मत प्राप्त गर्नुभयो। सह–सचिवमा भीमबहादुर क्षेत्री ४०४ र रिता थापा राना ३१४ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ।