Print

बढी यात्रु बोक्ने सबारीलाई कारवाही शुरु

१७ वैशाख, पर्वत । क्षमता भन्दा बढी यात्रु बोक्ने तथा क्षमता भन्दा बढी सिट हालेर यात्रु चढाउने बस कारवाहीमा परेका छन् । जिल्ला ट्राफिक कार्यालयले ट्राफिक चेकजाँचको क्रममा झण्डै दुई दर्जन सबारी साधनलाई कारवाहि गरेको हो ।

यातायात ब्यवस्था कार्यालयले दिएको स्वकृती भन्दा बढी सिट राखेर यात्रुहरुलाई असहज रुपमा यात्रा गराउने सबारी साधनलाई कारवाहि गरिएको जिल्ला ट्राफिक कार्यलय पर्बतले जनाएको छ ।

लामो दुरीका सवारी साधनलाई चेकजाँच गर्न क्रममा यातायात ब्यवस्था कार्यालयले दिएको स्वकृती भन्दा बढी सिट राखी यात्रुलाई असहज रुपमा यात्रा गराएका २० बटा सवारि साधन कारवाहिमा परेका छन् । उक्त सबारी साधनमा राखिएका स्वकृती भन्दा बढी सिट ट्राफिकले हटाई दिएको जिल्ला ट्राफिक कार्यलय पर्बतका ट्राफिक प्रमुख महेन्द्र रानाभाटले जानकारी दिनुभयो ।

उहाँका अनुसार कारवाहिमा परेको सबारीसाधनलाई यातायात ब्यवस्था कार्यलयले समक्ष बुझाईने र थप कारवाही गरिने छ । जिल्लामा ट्राफिकको सक्रियताको कारण दुर्घटनामा समेत कमी आएको छ ।

त्यस्तै केहि समय पहिला ट्राफिक प्रहरीले सार्बजनिक यात्रुबहाक बस चलाउने चालकले मापसे सेबन गरि सबारी चलाएकोमा सार्बजनिक मुद्धा समेत चलाएको छ ।