१७ वैशाख, पर्वत । पर्वतको सदरमुकाम कुस्माबजार स्थित प्राचिन शिबालय मन्दिरमा शिब पार्वर्तीको मुर्ति स्थापना गरिएको छ ।
पुरातत्व बिभागले समेत संरक्षण गर्दै आएको शिबालय मन्दिरमा दर्शनार्थीहरुलाई पुजाका लागि सहज होस भनेर कुस्माबजारका दुई जना ब्यबसायी र समाजसेवीले मुर्ति स्थापना गरेका हुन ।
कुस्मा नगरपालिका वडा न) ६ निवासी इश्वर गिरी र मनोजकुमार पौडेलको परिवारले ८ लाख रुपैया खर्च गरेर संयुक्त रुपमा मुर्ति र मन्दिर स्थापना गरेका हुन । गिरी राप्रपा पर्वतका अध्यक्ष हुन भने पौडेल ब्यबसायी हुन ।
झण्डै दुई सय बर्ष पुरानो मन्दिर कुस्माबजारको सबैभन्दा पुरानो मन्दिर हो । यसलाई ब्यबस्थित बनाउँदै प्रचारप्रसार गर्न सकेमा धार्मिक र पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्न सकिने संभावना रहेको छ ।
यसैबिच नवनिर्मीत मन्दिर र मुक्र्तिको अक्षयतृतियाको दिन पारेर शनिबार पुजा आजा सहित स्थापना गरिएको छ ।