१७ वैशाख, पर्वत । जिल्लाको फलेवास नगरपालिका ११ पाङराङमा एक युवाको आज चट्याङ लागेर ज्यान गएको छ । पानी परिरहेको बेलामा पिपलको फेद मुनि बसिरहेको समयमा चट्याङ लागेर स्थानिय २२ बर्षिय छोरा विक्रम नेपालीको ज्यान गरेको हो ।
चट्याङ लागेर गम्भीर घाईते भएका नेपालीको उपचारको क्रममा जिल्ला अस्पताल पर्वतमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
घाईते हुनेमा विवेक क्षेत्री, अनिल नेपाली, मनोज नेपाली रहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरिक्षक शेखर खनालले बताउनु भयो । उनीहरु अवस्था सामान्य रहेको प्रहरीको भनाई छ ।